काठमाडौं – नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर संविधान माथि नाङ्गो आक्रमण गरेको आरोप लगाएका छन्।
आज मन्त्रिपरिषदमा पनि छलफल नै नगरी राष्ट्रपतिलाई सिफारिस गरी संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि नेता खतिवडाले उक्त अध्यादेश तत्काल फिर्ता गर्न माग गरेका हुन्।
‘आज फेरि संवैधानिक परिषद सम्बन्धी अध्यादेश आएछ । यो प्रधानमन्त्रीको सर्वसत्तावादी र अधिनायकवादी काम हो। संविधान माथीको नाङ्गो आक्रमण हो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘यो तुरुन्तै फिर्ता हुनुपर्छ । राष्ट्रपति ज्यु प्रधानमन्त्रीको कारिन्दा हुनुहुन्न। देशको रास्ट्रपति हुनुपर्छ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।