काठमाडौं – नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश असफल बनाएरै छोड्ने बताएका छन्।
नेकपा भित्रको विवादका कारण कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तह लगाउन ओलीले अध्यालेश ल्याएसँगै संविधान नै खतरामा पर्ने भन्दै चौतर्फी विरोध भइरहेको छ।
‘संसद बन्द गर्ने अनि संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसंगको साठगाँठमा अध्यादेश जारी गर्ने!’ थापाले प्रधानमन्त्रीलाई मेन्सन गरेको ट्वीटमा भनेका छन्, ‘सरकारको यो असंवैधानिक र निरङ्कुश कदमलाई असफल बनाएरै छाड्नेछौं। सडक र सदनको बलबाट ! जनताको साथ र शक्तिबाट!’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।