काठमाडौं – पूर्व–प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा।बाबुराम भट्टराईले वर्तमान सरकारविरुद्ध सडकमा प्रदर्शन गरेको भन्दै कांग्रेसलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा लेखेर डाक्टर भट्टराईले सरकारको निरङ्कुशता र कुशासनविरुद्ध उत्रिएको भन्दै कांग्रेसलाई बधाई दिएका हुन्।
‘ओली सरकारको निरंकुशता र कुशासनविरुद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाई!’ भट्टराईले भनेका छन्। उनले जसपा पनि पार्टी समायोजनको काम सकेर छिट्टै सडक र सदनबाट गर्जने बताएका छन्। त्यस्तै उनले अब सदन बोलाउन पनि पहल गर्न भनेका छन्।
‘लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकार र कर्तव्य हुन्,’ उनले लेखेका छन्, ‘अब सदन बोलाउन पहल गरौं। जसपा पनि छिट्टै पार्टी एकता समायोजनको काम सकेर सडक सदनमा गर्जन्छ!’

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।