शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

सरकारको विरोधमा १० लाख मानिस सडकमा उतार्दै कांग्रेस

सरकारको विरोधमा १० लाख मानिस सडकमा उतार्दै कांग्रेस

  • मिडिया डबली
  • सोमवार, मंसिर २९ २०७७

  • 5.0K
    SHARES

  • सरकारको विरोधमा १० लाख मानिस सडकमा उतार्दै कांग्रेस

     काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा नेतृत्वको सरकार गैरजिम्मेवार भएको भन्दै विरोधका कार्यक्रमहरु सुरु गरेको छ। कांग्रेसले आज देशैभरी सरकारविरुद्ध प्रदर्शन गर्दैछ। कांग्रेसले ओली नेतृत्वको सरकारलाई सर्वसत्तावादी भनेको छ। कोरोना महामारीमा जनताको जीउ ज्यानको बेवास्ता गरी पार्टीकै विवादमा हराएको भन्दै ओलीविरुद्ध कांग्रेस कडा रुपमा प्रस्तुत हुन लागेको हो।

    त्यसैको फलस्वरुप आइतबारका लागि ओलीले डाकेको संवैधानिक परिषदको बैठकमा देउवा गएनन्। कांग्रेसले आजको विरोध प्रदर्शनपछि हुने सभालाई सम्बोधन गर्न केन्द्रीय नेताहरुलाई विभिन्न जिल्लामा खटाएको छ। शीर्ष नेता र अधिकांश केन्द्रीय सदस्य जिल्ला–जिल्लामा पुगेका छन् ।

    सभापति देउवाले हेटौँडामा हुने विरोध प्रदर्शनलाई सम्बोधन गर्नेछन् । वरिष्ठ नेता पौडेलले काठमाडौंमा, उपसभापति विमलेन्द्र निधिले भक्तपुर र कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । महोत्तरी जाने तयारीमा रहेका नेता कृष्णप्रसाद सिटौला भने कोरोना पोजिटिभ भएपछि होम आइसोलेसनमा छन् ।

    यस्तै, महामन्त्री डा. शशांक कोइरालाले विराटनगर, सहमहामन्त्री डा. प्रकाशशरण महतले झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठले काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंहले धनुषा, सहमहामन्त्री सुनीलबहादुर थापाले धनकुटा र पूर्वसहमहामन्त्री डा. रामशरण महतले चितवन, अर्जुननरसिंह केसीले कास्की, पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले सप्तरीमा हुने विरोध सभालाई सम्बोधन गर्नेछन् ।

    कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल सोमबार मध्याह्न साढे १२ देखि १ बजेसम्म देशभर दश लाख नागरिकले सरकारविरुद्ध सडकमा प्रदर्शन गर्ने अनुमान गर्छन् । उनका अनुसार पार्टी केन्द्रीय कार्यालयमा महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले देशभरका कार्यक्रमको समन्वय गर्नेछन् । कांग्रेसले सरकारविरुद्ध सडक र सदन दुबै ठाउँबाट प्रदर्शनको सुरुवात भएको जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend