बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

ओलीको अड्डामा बैठक हुँदा प्रचण्डको प्रस्ताव गायब !

ओलीको अड्डामा बैठक हुँदा प्रचण्डको प्रस्ताव गायब !

  • मिडिया डबली
  • आइतवार, मंसिर २८ २०७७

  • 5.4K
    SHARES

  • ओलीको अड्डामा बैठक हुँदा प्रचण्डको प्रस्ताव गायब !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यालयमा जारी स्थायी कमिटी बैठकमा सहभागी नहुने अडान लिइरहेका बेला स्थायी कमिटी बैठक नै बालुवाटार सर्‍यो । बालुवाटारमा बैठक हुने भएपछि ओली सहभागी भए ।

    यसअघि पार्टी कार्यालयमा भएको बैठकमा अध्ययनका लागि वितरण गरिएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव बालुवाटारमा बैठक हुँदा गायब भयो । ओलीमाथि गम्भीर आरोप लगाएर लेखिएको प्रचण्डको प्रस्ताव र अन्य दस्तावेज अध्ययनका लागि स्थायी कमिटी सदस्यहरूलाई ७ दिनको समय दिइएको थियो । तर ७ दिनपछि भएको बैठकमा प्रस्ताव अध्ययनको कुरै निस्किएन । ओलीले नरुचाएको प्रचण्डको प्रस्तावको एजेन्डा र विषय नेकपा बैठकबाट गायब पारियो ।

    बैठक पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रकट गर्दै स्थगित भयो । अर्काे बैठक आगामी पुस १ गते बस्ने छ । कोरोना संक्रमणका कारण लामाको मंसिर २५ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको थियो ।

    बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता लामाको निधनपछि एक जलविद्युत् आयोजनाको सम्बन्धमा नाम जोडेर पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनेकन लाञ्छना लगाई गरिएको प्रचारप्रति दुःख व्यक्त गर्दै भ्रममा नपर्न समेत आग्रह गरेका छन् ।

    अध्यक्ष प्रचण्डले जलविद्युत् आयोजनाका सम्बन्धमा देखिएको विवाद मिलाउनेतर्फ प्रवक्ता श्रेष्ठले पहल गरेको र मिल्न सुझाव दिएको बताएका थिए । बैठकपछि प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीलाई आज अन्य विषयमा भने छलफल नभएको जानकारी दिएका छन् । अब नेकपामा देखिएको चर्काे विवाद पुस १ गतेसम्म सरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend