बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

गृहमन्त्रीलाई गगन थापाको प्रश्न : अंग्रेजी नजान्ने नेपाली नागरिक हैनन् ?

गृहमन्त्रीलाई गगन थापाको प्रश्न : अंग्रेजी नजान्ने नेपाली नागरिक हैनन् ?

  • मिडिया डबली
  • शनिवार, मंसिर २७ २०७७

  • 5.1K
    SHARES

  • गृहमन्त्रीलाई गगन थापाको प्रश्न : अंग्रेजी नजान्ने नेपाली नागरिक हैनन् ?

    काठमाडाैं - सरकारले भिजिट भिषामा विदेश जानेहरुका लागि अंग्रेजी जान्नैपर्ने व्यवस्था गर्न लागेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाएको छ । सो पार्टीका प्रभावशाली नेता गगन थापाले भिजिट भिसाको नाममा हुने अनुचित काममा संलग्नलाई कारबाही नगर्ने सरकारले शैक्षिक प्रमाणपत्र र अंग्रेजीको नियम ल्याएर नागरिकको खिसिटिउरी गर्न खोजेको आरोप लगाएका छन् ।

    ‘भिजिट भिसाको नाममा हुने अनुचित काममा संलग्नलाई कारबाही नगर्ने अनि भ्रमणका लागि शैक्षिक प्रमाणपत्र र अंग्रेजी जान्नुपर्ने बनाएर नागरिकको खिसी गर्न खोजेको ? अंग्रेजी नजान्ने नागरिक नै हैन ?नेपाल सरकारको अक्षमताको भारी नागरिकमाथि ? गृहमन्त्रीज्यू यो कसको र कस्तो उटपट्याङ हो ?’ थापाले प्रश्न गरेका छन् ।

    सरकारले भिजिट भिसासम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संशोधन गर्न लागेको छ । भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मानव तस्करीमा संलग्न गिरोहले युवालाई विदेश पुर्याउने गरेको घटना बढ्न थालेपछि सरकारले कडाइ गर्न लागेको बताइएको छ

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend