आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीको यत्रो अटेरी, संसदले नगर्नु भन्दाभन्दै ईश्वर पोखरेलका नातेदारलाई नियुक्ति

केपी ओलीको यत्रो अटेरी, संसदले नगर्नु भन्दाभन्दै ईश्वर पोखरेलका नातेदारलाई नियुक्ति

  • मिडिया डबली
  • बिहिवार, मंसिर २५ २०७७

  • 5.8K
    SHARES

  • केपी ओलीको यत्रो अटेरी, संसदले नगर्नु भन्दाभन्दै ईश्वर पोखरेलका नातेदारलाई नियुक्ति

    काठमाडौं – नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

    बिहीवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयले गरेको बढुवा सिफारिसलाई सदर गर्ने निर्णय गरेको हो ।

    मन्त्रालयको बढुवा समितिले मंसिर १५ गतेपछि थपिएको एउटा सिटमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको थियो । विश्वराज उपप्रधानमन्त्री ईश्वर पोखरेलका नातेदार अर्थात् भाइ पर्छन् ।

    संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अतिरिक्त महानिरीक्षक पद थप्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको भएपनि ओलीले अटेरी गर्दै नियुक्तिको निर्णय गरेको छ । समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेत सहभागी भएका थिए । तर सरकारले समितिको निर्देशन बेवास्ता गर्दै पोखरेललाई बढुवा गर्ने निर्णय गरेको छ ।

    सरकारको निर्णयसँगै वैकल्पिक सूचीका पोखरेल भाबी प्रहरी महानिरीक्षक हुने देखिएको छ । उनी २०४९ चैतमा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी नायब उपरीक्षक हुँदा उनको व्याचमा विश्वराज १८ औं वरियतामा थिए । प्रहरी उपरीक्षक बढुवा हुँदा पाँचौ वरियतामा रहेका पोखरेलले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुँदा फड्को हानेर १ नम्बरमा बढुवा भएका थिए ।

    तत्कालीन डीआईजी सुशील भण्डारीको सवारी दुर्घटनामा निधन भएपछि पोखरेलले अर्को फड्को हानेका थिए । आफूभन्दा सिनियर एसएसपीलाई उछिन्दै उनी एकल नायब महानिरीक्षक (डीआईजी) बनेका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend