बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रचण्डलाई लोभ्याउन केपी ओलीले राखे अर्काे अफर, प्रचण्डले हाँसेर मुन्टो हल्लाए !

प्रचण्डलाई लोभ्याउन केपी ओलीले राखे अर्काे अफर, प्रचण्डले हाँसेर मुन्टो हल्लाए !

  • मिडिया डबली
  • बिहिवार, मंसिर २५ २०७७

  • 7.1K
    SHARES

  • प्रचण्डलाई लोभ्याउन केपी ओलीले राखे अर्काे अफर, प्रचण्डले हाँसेर मुन्टो हल्लाए !

    काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संवादहीनता तोडिएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डलाई बोलाएर ओलीले सहकार्यको प्रस्ताव राखेका छन् । आफूहरू २ जना मिले सबै समस्या समाधान हुने र अरु नेतालाई महत्त्व नदिए पनि हुने आशय ओलीले व्यक्त गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद धेरै लम्ब्याउन नहुने र एकले अर्कालाई अविश्वास गर्ने तहबाट ओर्लेर सहमतिको आधार तय गरौं भन्दै प्रचण्डलाई सहकार्यको प्रस्ताव राखेका थिए । ओलीले पार्टीभित्र अनेकन समस्या रहेको बताउँदै तत्कालीन एमालेको समग्र पार्टीको संरचना अवस्था र नेताहरूको व्यवहारबारे पनि प्रचण्डलाई जानकारी गराएका थिए । 

    ‘दुई अध्यक्षबीच लामै कुराकानी भयो । उहाँहरू दुवैले व्यत्तिगत कुराकानी पनि गर्नुभयो, पार्टीको अवस्था र जनताको चासोबारे पनि कुराकानी गर्नुभयो । साथै पार्टी एकताको विषयमा पनि कुराकानी भएको छ । यसले सकारात्मक परिणाम ल्याउन अपेक्षा गरेका छौं,’ बालुवाटारनिकट एक नेताले भने ।

    उनका अनुसार पात्र र प्रवृत्तिबारे पनि कुराकानी भएका छन् जसले गर्दा आगामी दिनमा सबै नेताहरूको व्यवहारबारे सबैलाई जानकारी हुनेछ ।

    आफूहरू २ जना मिलेपछि सबै विषय टुंगो लाग्छन्, पार्टी र नेता कार्यकर्ताको हित पनि यसैमा हुन्छ भनेर ओलीले सहकार्यको प्रस्ताव राखेका थिए । प्रचण्डले मुन्टोमात्रै हल्लाएको केही नबोलेको स्रोतले बतायो ।

    ‘प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव राख्दा दाहालले हाँसेर मुन्टो मात्रै हल्लाउनुभयो, प्रतिक्रिया दिनुभएन,’ स्रोतले भन्यो । कात्तिक २८ गतेपछि अध्यक्षद्वयको भेट मंसिर १८ गते आधा घण्टा भएको थियो । त्यसपछि बुधवार मात्र भएको हो ।

    बुधवारको भेटमा पनि प्रधानमन्त्री ओलीले २ अध्यक्ष मिलेर पार्टी एकीकरण भएका कारण अहिले पनि दुवै अध्यक्ष मिल्दा समस्या समाधान हुन्छ भनेका थिए । उनले वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमको नाम नलिई अरु विषय छाडौं, अध्यक्षद्वयको सहकार्य आवश्यक छ, राष्ट्रले पनि यही खोजेको छ भन्दै सहकार्यको प्रस्ताव राखेको स्रोतको दाबी छ ।  

    प्रधानमन्त्री ओलीले पार्टीका बैठकहरूमा आफूले हस्तक्षेप नगर्ने र महाधिवेशनमा एकल अध्यक्षको प्रस्ताव राखेर जाने विषय पनि उठाएका थिए ।  

    प्रचण्डले भने विवाद पार्टीको बैठकमा पुगिसकेकाले त्यहीँबाट समाधान खोजौं, मिल्ने भए पनि त्यहीँबाट मिलौं, नमिल्ने भए पनि त्यहीँबाट फैसला गरौं भनेका थिए । त्यसपछि ओलीले पार्टी विभाजन गर्ने दिशातर्फ कोही पनि उन्मुख हुन नहुने भन्दै जोजोले पार्टीलाई एकताबद्ध बनाएको हो उनीहरूले पार्टीको नेतृत्व गर्न सक्छन अरुले सक्दैनन् भनेर दाहाललाई फकाउने कोसिस गरेका थिए ।

    प्रधानमन्त्री ओलीले प्रचण्डसँग सहमतिका लागि पटक–पटक प्रयास गरिरहेका छन् । मंसिर १९ गते साँझ टेलिफोन वार्तासमेत गरेका थिए । त्यसपछि बुधवार उनीहरूबीच करीब २ घण्टा छलफल भएको थियो । ओली निकटका नेताहरूले पनि दाहालसँग धेरैपटक सहकार्यको प्रस्ताव राखिसकेका छन् । तर दाहालले खासै प्रतिक्रिया दिएका छैनन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend