आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ईश्वर पोखरेललाई ठूलो झड्का, नातेदारलाई एआईजी बनाउन खोज्दा यस्तो कठोर निर्णय

ईश्वर पोखरेललाई ठूलो झड्का, नातेदारलाई एआईजी बनाउन खोज्दा यस्तो कठोर निर्णय

  • मिडिया डबली
  • बुधवार, मंसिर २४ २०७७

  • 8.2K
    SHARES

  • ईश्वर पोखरेललाई ठूलो झड्का, नातेदारलाई एआईजी बनाउन खोज्दा यस्तो कठोर निर्णय

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले नातेदार विश्वराज पोखरेललाई तानेर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बनाउने प्रक्रियामा ठूलो झड्का लागेको छ ।

    प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ । उपप्रधानमन्त्री पोखरेलको भनसुनमा ओली सरकारले एआईजीको दरबन्दी थपेको थियो ।

    गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई समेत थाहै नदिई मन्त्रिपरिषद्ले मंसिर ३ गते एआईजीको १ दरबन्दी थप्ने निर्णय गरेको थियो । एआईजी पदमा डीआईजी विश्वराज पोखरेललाई बढुवा गर्न समेत सरकारी समितिले सिफारिस गरिसकेको छ ।

    संसदको राज्य व्यवस्था समितिले बुधवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई बोलाएर एआईजीको दरबन्दी थप गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको छ । गृहमन्त्री बादलले भने यसलाई सम्बन्धित ठाउँमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

    यसअघि समेत ईश्वर पोखरेलले विश्वराजलाई एक्लै एसएसपीबाट डीआईजी बनाएका थिए । ओली सरकार रहेका बेला नै पोखरेल भावी आईजीपी हुने गरी सुनिश्चितताका लागि उपप्रधानमन्त्री पोखरेलले एकल रूपमै तत्कालै एआईजी बनाउन खोजेका थिए । तर संसदले कठोर निर्णय लिँदै पोखरेलको योजनामा झड्का लगाइदिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०१:५०:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend