आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आज साझा र विवेकशीलको एकता गर्ने दिनमै रविन्द्र मिश्रले मागे माफी

आज साझा र विवेकशीलको एकता गर्ने दिनमै रविन्द्र मिश्रले मागे माफी

  • मिडिया डबली
  • बुधवार, मंसिर २४ २०७७

  • 4.5K
    SHARES

  • आज साझा र विवेकशीलको एकता गर्ने दिनमै रविन्द्र मिश्रले मागे माफी

     काठमाडौं – साझा पार्टी र विवेकशील नेपाली दलबीच आज बुधबार एकता घोषणा गरिँदै छ। एकता घोषणा सभा आज दिउँसो ३ः३० बजे हुनेछ। यस क्रममा रविन्द्र मिश्रले विगतमा भएका गल्तीप्रति माफीसमेत मागेका छन्।

    ‘हामी एक हुँदै छौं,’ मिश्रले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘विगतका कमजोरीप्रति क्षमायाचना गर्द छौं।’ सबैको साथ र सहयोगले विवेकशील साझा पार्टीलाई देशको वास्तविक रूपान्तरणको संवाहक बनाउने दाबी उनले गरेका छन्।

    ‘हामी केवल ‘अस्तित्व’मा रहन होइन, ‘नेतृत्व’मा पुगेर यो देशमा सुशासन, समृद्धि र स्वाभिमान स्थापित गर्न जन्मिएको पार्टी हौं। एकताका लागि प्रेरित र सहयोग गर्ने सबैप्रति आभारी छौं,’ उनले भनेका छन्।

    कार्यक्रम दुवै पार्टी, आफ्नो र कैयौं नेताका फेसबुक पेजबाट लाइभ प्रसारण हुने जानकारी पनि मिश्रले दिएका छन्। एकता पछिको पार्टीमा मिश्र पहिलो बरियताका नेता हुनेछन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर ३० २०७७०८:४५:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend