काठमाडौं – देशमा राजतन्त्र र हिन्दूराष्ट्र फर्काउन सडकमा भइरहेको आन्दोलनको मत बालुवाटारभित्रै घुसेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना गरेको सर्वदलीय बैठकमा राजतन्त्र फर्काउनुपर्ने माग समेत उठेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता दीपक बोहोराले राजतन्त्र पुनःस्थापनाको माग गर्दै सडकमा भइरहेका प्रदर्शनमा आफ्नो पार्टीको नैतिक समर्थन रहेको बताए ।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेता बोहोराले संविधान बनाउँदाको चौथो पात्र आफूहरू नै रहेको भन्दै संविधानमा अहिले पनि आफूहरूको समर्थन रहेको बताए । उनले भने, ‘हामीले यही संविधानभित्र राजालाई पनि समेटेर संसदप्रति उत्तरदायी बनाउन सकिन्छ कि, हिन्दू राज्य स्थापना गराउन सकिन्छ कि भन्ने विषय सर्वदलीय बैठकमा प्रस्ताव राख्यौं । तर यसको कुनै जवाफ आएन ।’
पछिल्लो समय सडकमा निस्किएका असन्तुष्टिका स्वर भइरहेका प्रदर्शनका सम्बन्धमा दलबाट कुरा आएको भए पनि आफूहरूले राखेको प्रस्तावका सम्बन्धमा कसैको केही प्रतिक्रिया नआएको उनले बताए । बोहराको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत केही बोलेनन्, राजतन्त्रको मागले सबै नेताको बोली बन्द भएको छ ।
राप्रपाले राजा सहितको लोकतन्त्र र हिन्दूराष्ट्र कायम गर्ने सम्बन्धमा सर्वदलीय बैठक बोलाएर छलफल गर्नुपर्ने प्रस्ताव पनि उनले गरेका छन् । नेता बोहोराले कोरोना संक्रमण नियन्त्रण्मा पनि सरकारले प्रभावकारी काम नगरेको र भ्रष्टाचारका विषयमा मुछिएको विषयमा पनि प्रश्न उठाएको बताए । राप्रपाका तर्फबाट बैठकमा नेता बाहोरासहित विक्रम पाण्डे समेत सहभागी रहेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।