बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

केपी ओलीले सबै नेतासामु प्रचण्ड, माधव नेपाल र झलनाथ खनाललाई नराम्ररी हेपे !

केपी ओलीले सबै नेतासामु प्रचण्ड, माधव नेपाल र झलनाथ खनाललाई नराम्ररी हेपे !

  • मिडिया डबली
  • मंगलवार, मंसिर २३ २०७७

  • 9.2K
    SHARES

  • केपी ओलीले सबै नेतासामु प्रचण्ड, माधव नेपाल र झलनाथ खनाललाई नराम्ररी हेपे !

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा सर्वदलीय बैठक राखे । बैठकमा ओलीले कोभिड १९ को नियन्त्रण, राजनैतिक उपलब्धिहरूको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरूका विषयमा धारणा मागे ।

    बैठकमा ओलीले यति मात्रै गरेनन्, पार्टीभित्रै प्रतिस्पर्धी रहेका पूर्व प्रधानमन्त्रीत्रय नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई सबै नेताको सामुन्ने बैठकमै नराम्ररी हेपे ।

    सर्वदलीय बैठकमा बोलाइएको भएपनि प्रचण्ड, नेपाल र खनालले पूर्व प्रधानमन्त्रीको हैसियतमा समेत धारणा राख्न पाएनन्, अरु पार्टीका नेताहरूले बोलेको कुरा टुलुटुलु सुनेर बस्नुपर्ने अवस्था भयो । ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गरेका छन् ।

    बालुवाटारमा बोलाइएको बैठकमा बोल्ने नेताहरूले सरकारकै कारण मुलुकमा अराजकता मौलाउन थालेको धारणा राखेपछि प्रधानमन्त्री ओली निरीह बनेका छन् । ३ घण्टा चलेको बैठकको सुरूमै प्रधानमन्त्री ओलीले छलफलका विषयवस्तुबारे प्रकाश पार्दै सहभागीको धारणा मागेका थिए ।

    पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका वरिष्ठ नेता झलनाथ खनालले ३ घण्टासम्म अरुले बोलेका मात्रै सुने पनि बोल्न नपाइएको बताए । ‘बोल्नेहरू सबैले सरकारको आलोचना गरेका थिए,’ उनले भने, ‘सरकारले ठीक ढंगले काम गर्न नसकेको, संविधानको सही कार्यान्वयन हुन नसकेको, संघीयताको सही कार्यान्वयन गर्न नसकेको, जनताको आर्थिक विकास गर्न नसक्दा जनता असन्तुष्ट रहेका लगायत असन्तुष्टिलाई प्रतिगामीहरूले उपयोग गरे भन्ने धारणा आएको सुनियो । तर सबैले सरकारकै आलोचना गरेपछि प्रधानमन्त्री निरीह बन्न पुग्नुभयो ।’

    बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवाले सडकमा देखिएको प्रदर्शन सरकारको कार्यशैली प्रतिको असन्तुष्टि हो भन्दै संविधानको मर्मअनुसार नचल्दा सडकमा असन्तुष्टि पोखिन थालेको बताए । करीब १ घण्टामात्रै बैठकमा बसेका देउवा बैठक नसकिँदै आफूले धारणा राखिसकेपछि बालुवाटारबाट बाहिरिएका थिए ।

    कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बैठकमा आफूहरूले सरकार सच्चिए र संविधानअनुसार चले धेरै समस्या आफैं समाधान हुँदै जाने धारणा राखेको प्रतिक्रिया दिए । सडकमा राजावादीदेखि लिएर अन्य समूहहरूले प्रदर्शन गर्नुमा पनि सरकारकै कार्यशैली जिम्मेवार रहेको धारणा कांग्रेसले राखेको डा. महतले प्रस्ट पारेका छन् ।

    राप्रपाका नेता दीपक बोहोराले कोभिड १९ को उपचारमा सरकार चुकेको र सरकारकै संरक्षणमा भ्रष्टाचार बढेको आरोप लगाएका थिए । उनले राजा सहितको लोकतन्त्र र हिन्दू राज्यका लागि सर्वदलीय बैठक राखेर निर्णय गर्नुपर्ने धारणा राखे पनि त्यसबारे कसैले कुनै जवाफ नदिएको उनले बताए । ‘राजा सहितको लोकतन्त्र र हिन्दू राज्यका लागि सर्वदलीय बैठक राखेर निर्णय गर्नुपर्ने भन्ने मैले धारणा राखे तर कसैबाट पनि जवाफ आएन,’ बोहोराले बैठकपछि सञ्चाकर्मीमाझ बताए । उनले सडकमा भइरहेको आन्दोेलनमा राप्रपाको नैतिक समर्थन रहेको पनि बताएका छन् ।

    राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले सरकारका कार्यशैलीहरूको व्यापक चर्चा भएको भन्दै भ्रष्टाचार बढेको, अनियमितता भएको र प्रतिगामीहरुले राष्ट्यिता र गणतन्त्रमाथि जसरी धावा बोल्नुमा सरकारकै कार्यशैली जिम्मेवार रहेको धारणा राखेको बताएका छन् । ‘सरकारको कार्यशैलीको परिणाम र त्यसबाट उत्पन्न असन्तुष्टिहरूबाटै समस्या आएका हुन् भनेर धारणा राख्यौं,’ शर्माले भने ।

    बैठकमा पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका नेता तथा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खानाल, माधवकुमार नेपाल, बामदेव गौतम, पूर्व सभामुख सुभासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेल सहभागी थिए । कांग्रेसका नेताहरू रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र प्रकाशशरण महत समेत सहभागी थिए । जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव सहभागी बैठकमा राप्रपाका नेता दिपक बोहोरा र जनमोर्चाका जनकराज शर्मा तथा नेमकिपाका प्रेम सुवाल सहभागी रहेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend