काठमाडौं – उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रभावमा गृह मन्त्रालयले गरेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसविरुद्ध प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।
गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्न मंसिर १५ गते सिफारिस गरेको थियो ।
उपप्रधानमन्त्री पोखरेलको दबाबमा उनलाई ब्याचबाट एकल बढुवा गर्दै महानिरीक्षक बन्ने प्रतिष्पर्धा अन्त्य गरिएको भन्दै समितिमा उजुरी परेको छ ।
उजुरीमा डेढ वर्षअघि नै भाबी आईजीपीको टुंगो लगाएपछि अन्य प्रतिस्पर्धी डीआईजीको मनोबल खस्किने भएकाले बढुवा उपयुक्त नभएको जिकिर गरिएको छ । समितिले उजुरीमाथि छलफल गर्ने तयारी गरेको छ ।
विश्वराजलाई एआईजीमा बढुवा गरेर भावी आईजीपीको स्थान सुरक्षित गर्ने गरी उपप्रधानमन्त्री पोखरेलको दबाबमा कात्तिक २७ गते प्रहरीमा एआईजीको एक दरबन्दी थप गरिएको थियो ।
दरबन्दी थप्ने सरकारको निर्णयमा प्रहरी प्रधान कार्यालय समेत असन्तुष्ट रहेको छ । पोखरेल निकट अधिकृतहरूले नेपाली सेनाझैं सरकारले पहिल्यै भाबी नेतृत्व तय गरेको तर्क गरे पनि प्रहरीको संरचना, कार्यक्षेत्र र सञ्चालन प्रणाली सेनाझैं नभएकाले सेनाको तर्क गर्न नमिल्ने प्रतिस्पर्धीहरूको धारणा रहेको छ । यसअघि एसएसपीबाट समेत पोखरेललाई एक्लै डीआईजीमा बढुवा गरिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।