बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

प्रचण्डले प्रधानमन्त्री र एकल अध्यक्ष बन्न सक्ने केपी ओलीका यी ‘टिप्स’

प्रचण्डले प्रधानमन्त्री र एकल अध्यक्ष बन्न सक्ने केपी ओलीका यी ‘टिप्स’

  • मिडिया डबली
  • आइतवार, मंसिर २१ २०७७

  • 5.3K
    SHARES

  • प्रचण्डले प्रधानमन्त्री र एकल अध्यक्ष बन्न सक्ने केपी ओलीका यी ‘टिप्स’

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको विवादबीच प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री र एकल अध्यक्ष बन्न खोजेकाले पार्टीमा विवाद चर्किएको बताउने गरेका छन् ।

    अध्यक्ष प्रचण्ड र वरिष्ठ नेपाल माधवकुमार नेपाल पक्षले सरकारको अलोकप्रियता, भ्रष्टाचार, मनपरी र बदनामीलाई एजेन्डा बनाउने गरेको भएपनि ओलीले यसलाई व्यक्तिगत लाभ र स्वार्थका लागि चालिएको षड्यन्त्र भन्ने आरोप लगाउने गरेका छन् ।

    आईतबार पार्टी कार्यालय धुम्बाराहीमा भएको स्थायी कमिटी बैठकमा समेत यस्तै अवस्था देखियो । प्रधानमन्त्री ओली स्वयं बैठकमा सहभागी नभएपनि उनले पठाएको लिखित पत्रले थुप्रै सन्देश दिएको छ । ओलीले पत्रमार्फत प्रचण्डलाई प्रधानमन्त्री र एकल अध्यक्ष हुन सकिने ‘टिप्स’ दिएका छन् ।

    ओलीले  नेतृत्व परिवर्तनका लागि महाधिवेशनसम्म कुर्न र प्रधानमन्त्री बन्नका लागि नयाँ जनादेश कुर्न टिप्स दिएका हुन् । खेलको नियम नै बदलेर ‘जसरी पनि जित्ने’ महत्त्वाकांक्षा पार्टी कार्यकारी अध्यक्ष प्रचण्ड लगायतमा देखिएको भन्दै ओलीले त्यसका लागि प्रक्रियामा आउन भनेका छन् ।

    आफूले सधै सहमतिलाई जोड दिँदै आए पनि पछिल्लो समय बहुमतको बलमा ‘खेलको नियम’ नै बदल्ने प्रयास भएको ओलीले दाबी गरेका छन् । ओलीले पत्रमार्फत् प्रचण्ड लगायतका नेताहरूलाई सन्देश दिँदै भनेका छन्, ‘पार्टी एकीकरणको मूल कामको निर्णायक नेतृत्व गरिरहँदा मैले सहमतिलाई जोड दिएँ । तर मलाई थाहा थिएन – खेलको उत्तराद्र्धधमा आएर केही कमरेडहरूले ‘खेलको नियम’ नै बदल्न लाग्नुहुनेछ र ‘जसरी पनि जित्ने’ महत्त्वाकांक्षा निम्ति जुनसुकै हदसम्म जान तयार हुनुहुनेछ ।’

    उनले अगाडि लेखेका छन्, ‘यो नैतिकता र राजनीतिक दृष्टिले गलत मात्रै होइन, विभाजनकारी समेत छ भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु । आज पनि म दोहोर्‍याउन चाहन्छु – महाधिवेशनसम्मका लागि अन्तरिम हैसियतमा बनेका र महाधिवेशन सम्पन्न गर्नुपर्ने मुख्य दायित्व बोकेका हाम्रा कमिटीहरू त्यसै अनुरूप सहमतिका आधारमा चल्नुपर्छ ।’

    ओलीको लिखित पत्रलाई स्थायी कमिटी बैठकमा सचिवालय सदस्य ईश्वर पोखरेलले वाचन गरेका थिए । पत्रमा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्तावलाई ‘अभियोगपत्र’को संज्ञा दिँदै कुनै पनि हालतमा छलफल हुन नसक्ने बताएका छन् । 

    पत्रमा ओलीले प्रचण्डले पार्टीभित्र हुने स्वस्थ र मर्यादित छलफलका सबै सीमा भत्काएर पार्टीभित्रको नीतिगत बहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा रूपान्तरित गरेको आरोप लगाएका छन् । 

    ‘पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखत निःशर्त फिर्ता हुनुपर्ने मेरो मान्यता भथावत छ । एकीकरणका बाँकी काम पूरा गर्ने, महाधिवेशनको तयारी गर्ने र कोभिड विरुद्धको लडाइँलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर बैठकका कार्यसूची निर्धारण र ठोस प्रस्तावसहित पर्याप्त तयारीका साथ बैठकमा जानुपर्छ,’ ओलीले भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend