आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बामदेब गौतमलाई ईश्वर पोखरेलको बम्फ़र उपहार

बामदेब गौतमलाई ईश्वर पोखरेलको बम्फ़र उपहार

  • मिडिया डबली
  • आइतवार, मंसिर २१ २०७७

  • 15.7K
    SHARES

  • बामदेब गौतमलाई ईश्वर पोखरेलको बम्फ़र उपहार

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई चुनावी प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन्।

    आइतबार बिहानै उपाध्यक्ष गौतमलाई फोन गरेर पोखरेलले अहिले रोजेको मन्त्रालय लिएर सरकारमा सहभागी हुन र चुनावी प्रधानमन्त्री बन्न प्रस्ताव गरेको स्रोतले जानकारी दिएको हो।

    केपी ओलीका तर्फबाट पोखरेलले यस्तो प्रस्ताव गरेको स्रोतले जानकारी दिएको हो । 

    गौतम निकट एक नेताले भने,‘ईश्वर कमरेडले फोन गरेर अहिले रोजेको मन्त्रालय लिन र चुनावी प्रधानमन्त्री बनाउछौँ भनेर गौतमलाई अफर गर्नुभएछ’, ‘त्यसलाई उहाँले अस्वीकार गर्नुभयो।’ उनले आज भईरहेको स्थायी समिति बैठकमा छलफल गरेर सबै कुराको टुंगो लगाउनुपर्ने जवाफ दिएको ती नेताले जानकारी दिएका हुन् ।

    नेकपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरू भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीे उपस्थित भएनन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक अगाडि बढाएका छन् ।

    प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईंले पार्टी कार्यालयको हल सानो भएका कारण कोरोनाले डरले ओली बैठकमा नगएका जानकारी दिए ।

    ‘धुम्बाराहीको हल सानो छ, त्यहाँ कोरोनाको जोखिम देखेपछि प्रधानमन्त्री जानुभएको छैन, सम्भवतः धुम्बाराहीमा हुने बैठकमा उहाँ जानुहुन्न होला,’ उनले भने ।

    शनिवारको सचिवालयको बैठकमा अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक नबस्न आग्रह गरेका थिए । ओली बैठकमा नगएपनि नेपाली सेना र प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend