बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

केपी ओली पछि नहट्ने, स्थायी कमिटीमा प्रचण्डसँग भिड्ने यस्तो छ ‘प्लान’

केपी ओली पछि नहट्ने, स्थायी कमिटीमा प्रचण्डसँग भिड्ने यस्तो छ ‘प्लान’

  • मिडिया डबली
  • शनिवार, मंसिर २० २०७७

  • 6.7K
    SHARES

  • केपी ओली पछि नहट्ने, स्थायी कमिटीमा प्रचण्डसँग भिड्ने यस्तो छ ‘प्लान’

    काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको विवादमा भोलि आईतबारको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पछि नहट्ने भएका छन् ।

    नेकपाभित्र ओली पक्षका नेता तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भोलि बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली उपस्थित हुने जानकारी दिए ।

    सचिवालय बैठकपछि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उपनेता नेम्वाङले भोलि दिउँसो १ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री सहभागी हुने स्पष्ट पारे । प्रधानमन्त्री ओलीको सहमति विना स्थायी कमिटी बैठक बोलाइएकाले ओलीको सहभागितामाथि शंका गर्न थालिएको थियो ।

    भोलिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा पेश गरेका दुवै दस्तावेजहरू प्रस्तुत हुनेछन् । ती दस्तावेजलाई कार्यदल बनाएर टुंगो लगाउने विषयमा ओली पक्षको जोड रहेको जनाइएको छ ।

    ‘विवाद समाधानका लागि कार्यदल बनाउने दिशातिर नै जाला । सचिवालयमै त्यो प्रयास भएको हो । त्यहाँ कुरा नमिलेपछि स्थायी कमिटी बैठकमा सम्भावना छ,’ ओली पक्षीय एक नेताले भने ।  स्थायी कमिटी बैठक आईतबार दिउँसो १ बजे धुम्बाराहीमा बोलाइएको छ ।

    यसअघि समेत महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल बनेर प्रतिवेदन बुझाइसक्दा समेत ओलीले प्रतिवेदन कार्यान्वयन नगरेपछि नेकपामा विवाद चर्किएको हो । शनिबारको सचिवालय बैठकमा समेत कार्यदल बनाउने प्रस्ताव गृहमन्त्री रामबहादुर थापाले राखेपनि अस्वीकृत भएको थियो ।

    बैठकमा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले दुवै अध्यक्षको प्रतिवेदनलाई मिलाएर साझा प्रस्ताव तयार पार्न सचिवालयमै कार्यदल गठन गर्न प्रस्ताव राखेका थिए । बादलको प्रस्तावलाई तत्कालै महासचिव विष्णु पौडेल र अर्का नेता ईश्वर पोखरेलले समर्थन जनाएका थिए ।

    प्रस्तावमा समर्थन जनाउँदै प्रधानमन्त्री ओलीले उपाध्यक्ष बामदेव गौतमकै नेतृत्वमा स्थायी कमिटीका केही सदस्यलाई समेत राखेर कार्यदल बनाउने प्रस्ताव राखेका थिए । तर उपाध्यक्ष गौतमले त्यस्तो कार्यदलको औचित्य नहुने र आफू कार्यदलमा नबस्ने भन्दै प्रस्तावलाई तुरुन्तै खारेज गरिदिएका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend