बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

सबै विवाद स्थायी कमिटी बैठकमा लैजाने नेकपाको निर्णय

सबै विवाद स्थायी कमिटी बैठकमा लैजाने नेकपाको निर्णय

  • मिडिया डबली
  • शनिवार, मंसिर २० २०७७

  • 4.6K
    SHARES

  • सबै विवाद स्थायी कमिटी बैठकमा लैजाने नेकपाको निर्णय

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएका सबै विवादहरू छलफलका लागि स्थायी कमिटी बैठकमा लैजाने निर्णय भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा शनिवार बसेको नेकपा सचिवालय बैठकले पार्टीमा देखिएका विवादको निरुपणका लागि  स्थायी कमिटी बैठकमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

    स्थायी कमिटीको बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने श्रेष्ठले बताएका छन् ।

    शनिवारको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिए । मंसिर १७ गतेका लागि तय भएको सचिवालय बैठकमा भने ओली सहभागी नभएपछि बैठक औपचारिकतामा प्रवेशै नगरी स्थगित भएको थियो । 

    बैठकअघि नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा वान टु वान वार्ता गरेका थिए । पार्टीभित्र विवाद चर्किंदै गएपछि गत कात्तिक २५ गतेयता दुवै अध्यक्षबीच एक्लाएक्लै वार्ता हुन सकेको थिएन । त्यसयता भएका पार्टी सचिवालय बैठकमा प्रस्तुत भएका प्रस्ताव र जवाफले विवाद बढाउँदै लगेको छ ।

    ओलीसँग वार्ता गर्न अध्यक्ष प्रचण्ड दिउँसो १२ बजेदेखि बालुवाटार पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेको मंसिर १७ गतेको बैठकले आजका लागि बैठक बोलाएको थियो । बुधवारको बैठकमा ओली सहभागी नभएपछि विवादित एजेन्डामा छलफल भएको थिएन । आजको सचिवालय बैठकमा ओलीलाई अनिवार्य उपस्थित हुन बुधवारको बैठकले आग्रह गरेको थियो ।

    प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा एउटा दस्तावेज पेश गरेका थिए । मंसिर १३ गतेको बैठकमा ओलीले ५३ बुँदे जवाफ सहितको प्रतिवेदन पेश गरेका थिए । गत शनिवारको बैठकमा प्रचण्डले ओलीको दस्तावेज दम्भले भरिएको पोको भएको आरोप लगाएका थिए ।

    ओली र प्रचण्ड दुवै प्रस्तावमाथि छलफल गरेर स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा लैजानुपर्ने प्रचण्ड र माधव नेपाल समूहको माग छ । ओली पक्षले भने प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने अडान लिएको छ । ओलीले प्रचण्डको प्रस्ताव सचिवालयले खारेज गरेर भदौ १६ गतेको सहमतिमा फर्किनुपर्ने लिखित प्रतिवेदनमा उल्लेख गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend