बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

यी हुन् भोलिका सम्भावित प्रधानमन्त्री : ओली सहमत, प्रचण्डलाई मनाउन दौडधुप

यी हुन् भोलिका सम्भावित प्रधानमन्त्री : ओली सहमत, प्रचण्डलाई मनाउन दौडधुप

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १९ २०७७

  • 22.2K
    SHARES

  • यी हुन् भोलिका सम्भावित प्रधानमन्त्री : ओली सहमत, प्रचण्डलाई मनाउन दौडधुप

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा चर्किएको विवादका पछाडि मुख्य माग बनेर आएको छ – प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा । प्रधानमन्त्री ओली सकभर राजीनामा दिने मनस्थितिमा छैनन्, उनी आफू नै प्रधानमन्त्री भइरहन चाहन्छन् ।

    अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरूसँग बहुमत रहेकाले बहुमतका आधारमा ओलीलाई हटाउन सक्ने सम्भावना पनि छ । प्रचण्डले आफ्नो प्रतिवेदनमा ओलीले त्याग गर्नुपर्ने माग स्पष्ट राखेका छन् । तसर्थ प्रधानमन्त्री ओली विभिन्न विकल्प सोचेर बसेका छन् ।

    ओलीले सोचेको विकल्पमध्ये एक हो – आफू हट्नै परे दोस्रो पुस्ताबाट प्रधानमन्त्री बनाउने । उनले विभिन्न अन्तर्वार्ता र सम्बोधनका क्रममा युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताउँदै आएका छन् ।

    ओलीले नेतृत्व हस्तान्तरण गर्न चाहेको दोस्रो पुस्तामा को पर्छन् त ? ओलीको पहिलो रोजाइमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ रहेका स्रोतले जनाएको छ ।

    ओलीले राजीनामा दिनै परे स्वतः उपनेताको पालो समेत आउने भएकाले नेम्वाङलाई प्रधानमन्त्री बनाउने तयारी ओली पक्षको रहेको छ । नेम्वाङले पटक–पटक सभामुख पदमा रहेर जिम्मेवारी बहन समेत गरिसकेका छन् । नेम्वाङलाई शान्त र सालिन नेताको रूपमा समेत लिइन्छ । आफूले छाड्नुपरेको अवस्थामा नेम्वाङलाई प्रधानमन्त्री बनाउन ओली सहमत भइसकेका छन् ।

    नेकपाभित्र विवाद चर्किएका बेला ओलीले मात्रै चाहेर नेम्वाङ प्रधानमन्त्री बन्न सक्ने देखिँदैन । प्रधानमन्त्री ओलीसँगै अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतलाई पनि सहमत गराउनुपर्ने बाध्यतामा नेम्वाङ छन् । त्यसैले नेम्वाङले दौडधुप तीब्र पारेका छन् । नेम्वाङले सकभर ओलीलाई नै प्रधानमन्त्री कायम राख्न सहमतिको प्रयास गरिरहेको र त्यसमा सहमति नभए आफ्नो नाममा प्रचण्ड लगायत नेतालाई मनाउने कोसिस भइरहेको नेकपा स्रोतले जनाएको छ ।

    नेकपाभित्र बढेको विवाद मिलाउने सन्दर्भमा बिहीबार नेम्वाङले प्रचण्डलाई भेटेका छन् । भेटमा विभिन्न विकल्पमा छलफल भएको जनाइएको छ । त्यसअघि महासचिव विष्णु पौडेलले समेत प्रचण्डलाई भेटेका थिए । 

    प्रचण्डसँग पौडेलले दिउँसो १ बजे र नेम्वाङले साँझ ५ बजे खुमलटार पुगेर भेटेका छन् । प्रचण्डसँगको भेटमा महासचिव पौडेलले पार्टीको समस्या समाधानका लागि थप गृहकार्य र सहमति गर्नुपर्ने आवश्यकता औल्याएका जनाइएको छ । 

    नेम्वाङले अध्यक्षसँग छोटो भेटघाट गरेका जनाइएको छ । भेटमा प्रचण्डले सहमतिमा नै जानुपर्छ भन्ने पक्षमा आफू रहेको बताएका थिए । 

    नेकपाको विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीले समेत बिहीबारै ओली र प्रचण्डसँग छलफल गरेकी छन् । विवाद मिलाउने विभिन्न उपायमध्ये अर्काे पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने विषयमा पनि छलफल भइरहेको छ । तर यसमा प्रचण्ड पक्ष सहमत देखिएको छैन । ओली भने आफूले छाड्नैपर्ने अवस्थामा नेम्वाङलाई प्रधानमन्त्री बनाउन सहमत छन् । नेम्वाङ ओली गुटकै नेता हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend