काठमाडौं – नेकपाभित्र देखिएको विवाद सल्टाउन फेरि शीतल निवास सक्रिय भएको छ । यसपटक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूह कुनै पनि हालतमा प्रधानमन्त्री केपी ओलीले अध्यक्ष र प्रधानमन्त्री पदमध्ये एउटाबाट राजीनामा गराउन कस्सिएपछि रातारात राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएकी हुन् ।
बिहीवार प्रधानमन्त्री ओलीसँग २ घण्टा कुराकानी गरेपछि सोही मन्त्रणाअनुसार राष्ट्रपति भण्डारीले साँझ नेकपा कार्यकारी अध्यक्ष प्रचण्डलाई शीतल निवास बोलाएर १ घण्टा कुराकानी गरेकी थिइन् ।
स्रोतका अनुसार भण्डारीले नेकपाभित्रको विवाद तत्काल सुल्झाउन र प्रधानमन्त्रीसँग मिलेर जान प्रचण्डलाई प्रस्ताव गरेकी थिइन् । भण्डारीले माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम बोकेर कुनै फाइदा नभएको भन्दै ओलीसँग मिले अध्यक्ष र प्रधानमन्त्री दुवै पद हात पार्ने आश्वासन दिएको खुमलटार स्रोतले बतायो ।
शीतल निवासबाट फर्केपछि प्रचण्डले आफू सकेसम्म मिलेरै जाने पक्षमा रहेको प्रतिक्रिया दिएका छन् । शितलनिवास सक्रिय भएर नेकपा विवाद मिलाउन खोजेपनि समाधान हुने संकेत देखिएको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।