काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भइरहेको जनाइएको छ । यसअघि दिउँसो प्रधानमन्त्री ओलीले भण्डारीसँग छलफल गरेका थिए ।
भण्डारीसँगको छलफलपछि ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए । बालुवाटारमा मन्त्रिपरिषद् बैठक भइरहे पनि त्यसबारे जानकारी सार्वजनिक भइसकेको छैन । राष्ट्रपति भण्डारीलाई भेटेपछि बोलाइएको मन्त्रिपरिषद् बैठकलाई चासोका साथ हेरिएको छ ।
प्रचण्ड र भण्डारीबीच समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भइरहेको जनाइएको छ ।
सत्तारूढ नेकपाभित्र विवाद गहिरिँदै जाँदा राष्ट्रपति भण्डारीले सक्रियता बढाएपछि राजनीतिक वृत्तमा आलोचना हुने गरेको छ । तैपनि भण्डारीले राजनीतिक सक्रियता रोकेकी छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।