बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

यी हुन् केपी ओलीले आफूपछि बनाउन चाहेका प्रधानमन्त्री र अध्यक्ष, प्रचण्ड मान्लान् ?

यी हुन् केपी ओलीले आफूपछि बनाउन चाहेका प्रधानमन्त्री र अध्यक्ष, प्रचण्ड मान्लान् ?

  • मिडिया डबली
  • बुधवार, मंसिर १७ २०७७

  • 35.3K
    SHARES

  • यी हुन् केपी ओलीले आफूपछि बनाउन चाहेका प्रधानमन्त्री र अध्यक्ष, प्रचण्ड मान्लान् ?

    काठमाडौं – के प्रधानमन्त्री तथा  नेकपा अध्यक्ष केपी ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा युवाको निम्ति पद त्याग्न आफू तयार रहेको र अरु नेताबाट पनि त्यस्तै अपेक्षा रहेको बताउनु भए अनुसारकै दिशातिर जान्छ त जारी विवाद ?

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तर्संघर्ष कसले पद सम्हाल्ने र को पदबाट हट्ने भन्नेमा मात्रै केन्द्रित हो ? वृद्धभत्ता पाउने ६५ बर्ष उमेर कटेका सबै शीर्षस्थ नेताले स्वेच्छाले जिम्मेवारी त्याग गर्ने क्रम अब अध्यक्षबाट शुरु हुन्छ ?

    महाधिवेशनबाट नेतृत्व चयन लोकतान्त्रिक विधिमै सम्पन्न गर्ने परिपाटी अंगालेको पूर्व एमाले निकट र त्यो अभ्यासमा जानै लागेका पूर्व माओवादी नेताहरू व्यक्तिगत तवरबाट मोदनाथ प्रश्रितले सन्यास लिएझैं अब नीतिगत रूपमै युवाको निम्ति ठाउँ खालि गर्न तयार होलान् ? प्रश्न अनेक छन्, उत्तर सहज छैन ।

    यद्यपि यो विषय सचिवालय बैठकमा प्रवेश भएको छ । प्रधानमन्त्रीले राखेको प्रस्तावउपर उनीबाटै कार्यान्वयन शुरू हुन हिजोको बैठकमा माग समेत राखिसकिएको  छ ।

    एक जना नेताले बताए अनुसार प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी साँच्चिकै नयाँ पुस्तालाई दिन खोजेका हुन् भने राजीनामा दिएर बैठकमा प्रस्तुत भएमा सबैले एक मिनेटमै उक्त निर्णय कार्यान्वयन गर्ने खुमलटार पक्षको तयारी छ । त्यसो गर्दा सचिवालय, स्थायी कमिटी वा केन्द्रीय कमिटीमा उनको आदर्श वचनलाई पछ्याउने कतिजना निस्किन्छन् त्यो स्वतः देखिने पनि उनले बताए ।

    प्रधानमन्त्रीको नयाँ पुस्तालाई सत्ता र नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव अर्काे चुनाव र महाधिवेशनपछि स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र पूर्वसभामुख सुवास नेम्वाङहरूलाई अघि बढाउने हो भन्दै बालुवाटार वरपरका अरु निकटस्थ पनि पर्ख र हेरको रणनीतिमा देखिन्छन् ।

    तर खुमलटार भने प्रधानमन्त्रीले ती सबै कुरा सार्वजनिक खपतको लागि बोलेकोमा ढुक्क छन् । उनीहरू भन्छन्, ‘यसअघि प्रधानमन्त्रीले सचिवालयको बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुभएकै थियो । अहिले गौतम कुन हालतमा हुनुहुन्छ सबैले देखेकै छन् ।’

    समस्याको जरो मूल नेतृत्वको वैचारिक तथा राजनीतिक दृष्टिकोणमा देखिँदै गएको विचलन, मूल्य–मान्यताको अभाव र कमिटीहरूमा नियमित बैठकको अभाव रहेको बताइन्छ । त्यसैगरी सामूहिक निर्णय गर्ने परिपाटीबाट क्रमशः विचलित हुँदै जानुपनि समस्या भुसको आगो बन्नुको प्रमुख कारण हो भनिन्छ । व्यक्तिगत जिम्मेवारीको वैज्ञानिक मान्यता र व्यवस्थापनबाट विचलित हुनुले पनि अहिलेको अवस्था निम्त्याएको अर्काे खेमाको आरोप छ ।

    गत वर्ष गरिएको कार्यकारी अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी बाँडफाँडलाई कार्यान्वयन गर्नुको सट्टा लत्याउने काम भएपछि समस्या बल्झिनेतर्फ उन्मुख हुँदै गएको हो भनिन्छ । पार्टी निर्णयबाट टुंग्याइएको कार्यकारीको जिम्मेवारीलाई प्रधानमन्त्री आफैले सञ्चार माध्यममा खुल्लमखुला चुनौती दिएर अर्को अध्यक्षलाई उपाध्यक्षको हैसियतमा राखेका थिए । पछिल्लो एक वर्षमा आयोजित सचिवालय तथा स्थायी समिति बैठकमा कुर्सी राजनीतिको नाटक मञ्चन भएकै हो ।

    समस्या अर्का अध्यक्षमा पनि छ, झिनामसिना कुरामा लेनदेन गर्ने, नाता च्याप्ने, सम्झौता गर्दै अडान छाड्ने र बैठक राख्न नसक्ने । अनि आपूmले पटक–पटक अवसर दिएका बादल, टोपबहादुर, लेखराज लगायतको मन जित्न नसक्ने, कहिले ओलीसँग मिलेर माधवलाई किनारा लगाउने, कहिले झलनाथ, बामदेवलाई मिलाएर ओलीहरुसँग सिँगौरी खोल्ने, ब्यापारीको स्वार्थमा प्रधानमन्त्रीसँग खुसामद गर्ने । जनआस्था साप्ताहिकमा खबर छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend