काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद चर्किएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कारवाही गर्ने चर्चासम्म पुगेको छ ।
मंगलबारको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई पार्टीको ‘लेटरहेड’ दुरुपयोग गरेर गल्ती गरेको आरोप लगाउँदै कारवाही गर्नेसम्मको कुरा गरेका छन् ।
सचिवालयमा विचाराधीन रहेको विषयलाई तल्ला कमिटीमा लैजाने नाममा प्रचण्डले पार्टीको छाप, लेटरप्याड दुरुपयोग गरेकाले कारबाहीको भागिदार हुनुपर्ने धारणा ओलीले बैठकमा राखेको नेकपा स्रोतले जनाएको छ ।
‘केन्द्रीय कार्यालयमा नाम र लोगो प्रयोग गरेर जुन पुस्तिका छाप्नुभएको छ । यो पार्टीको विधान, पद्धति र अनुशासनविपरीतको काम हो । कसको निर्णय, कसको अनुमतिले छाप्नुभयो । यो तपाईंको निजी पार्टी त होइन । पार्टीको निर्णयबेगर पार्टी कार्यालयका तर्फबाट भनेर पार्टीको लोगो प्रयोग गरेर कसरी छाप्न सक्नुभयो ? तपाईंलाई किन कारबाही नगर्ने ?’ ओलीको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।
पार्टीभित्र अल्पमतमा परेका ओलीले पार्टीको औपचारिक बैठकमा विवादित प्रस्तावबारे छलफल गर्न नहुने विचार राखेका छन् । तर प्रचण्ड पक्ष भने बहुमतको आडमा ओलीमाथि गम्भीर आरोप लगाइएका प्रस्तावबारे छलफल गर्ने रणनीतिमा छ । प्रचण्डकै जोडबलमा बुधवार दिउँसो १ बजे बस्ने गरी पुनः सचिवालय बैठक बोलाइएको छ भने ओलीले सचिवालय बैठकमा सहभागी नहुने संकेत गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।