बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

ईश्वर पोखरेलले छाडे केपी ओलीको साथ, बादल प्रचण्डतिर ढल्किए !

ईश्वर पोखरेलले छाडे केपी ओलीको साथ, बादल प्रचण्डतिर ढल्किए !

  • मिडिया डबली
  • मंगलवार, मंसिर १६ २०७७

  • 19.6K
    SHARES

  • ईश्वर पोखरेलले छाडे केपी ओलीको साथ, बादल प्रचण्डतिर ढल्किए !

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गुटगत संघर्ष चर्किरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा खुलेरै ५ जना नेता देखिएका छन् ।

    प्रचण्ड स्वयं, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी प्रचण्ड पक्ष नेकपामा बलियो छ ।

    यसअघि ओली पक्षमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल स्पष्ट रूपमा र सरकारमा भएका कारण गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ओली पक्षमै रहेका अनुमान गर्ने गरेको थियो ।

    मंगलबार भएको नेकपा सचिवालय बैठकमा दृश्य अर्कै देखियो । बैठकमा ओली एक्लो परेका छन् । प्रचण्डले पार्टीमा पेश गरेको प्रस्ताव गाली, आरोप, कुष्ठा र लाञ्छनाको संग्रह भएको भन्दै ओलीले त्यसमाथि औपचारिक बैठकमा छलफल हुन नसक्ने तर्क गरे ।

    बैठकको शुरूमै अध्यक्ष प्रचण्डले एजेन्डाबारे जानकारी गराउँदा ओली कड्किएका थिए । ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल हुनै नसक्ने कडा अडान राखे । प्रचण्ड पक्षले भने दुवै पक्षका प्रस्ताव र जवाफबारे पार्टीमा छलफल भएर निर्णय हुनुपर्ने अडान लिएको थियो ।

    यस्तो बेला प्रचण्डको प्रस्तावमा छलफल हुन नहुने ओलीको पक्षमा बोल्ने कोही भएनन् । ९ सदस्यीय सचिवालयमा महासचिव विष्णु पौडेल तटस्थ हुन खोजे । उनले छलफल हुने/नहुने भन्दा पनि पार्टीमा सहमति र सौहार्दता हुनुपर्ने तर्क राखे । उनी न स्पष्ट रूपमा ओली पक्षमा लागे, न प्रचण्डविरुद्ध लागे ।

    ओली सरकारमै रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल भने ओलीको विपक्षमा देखिए । मंगलबारको बैठकमा पोखरेलले ओलीलाई साथ दिएनन् । पोखरेलले पार्टीमा पेश भएका प्रस्तावमाथि छलफल गर्दा फरक नपर्ने राय राखे, जुन ओलीको अडानको विपक्षमा थियो ।

    सरकारकै सहभागी गृहमन्त्री थापा भने प्रचण्डको राय अनुसार सबै प्रस्तावमाथि छलफल हुनुपर्ने पक्षमा उत्रिए । ओलीले भनेजस्तै प्रचण्डको प्रस्तावमाथि छलफल हुन नहुने पक्षमा कोही देखिएनन् । यसरी ओली पार्टीमा उक्लिए ।

    बैठकमा वरिष्ठ नेता झलनाथ खनालले सहमति, सहमति भनेर रटान लगाउनुको सट्टा, विधि, पद्धति अनुसार निर्णय प्रक्रिया अघि बढाउनुपर्ने राय राखे । ‘सहमति अन्डरस्टुड कुरा हो । सधैं सहमति खोजेर बस्न सकिँदैन । पार्टीको विधि, पद्धतिअनुसार अघि बढ्नुपर्छ,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend