बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

केपी ओलीलाई माधव नेपालको खतरनाक झड्का, बालुवाटारको प्रपञ्च तुहियो !

केपी ओलीलाई माधव नेपालको खतरनाक झड्का, बालुवाटारको प्रपञ्च तुहियो !

  • मिडिया डबली
  • मंगलवार, मंसिर १६ २०७७

  • 7.1K
    SHARES

  • केपी ओलीलाई माधव नेपालको खतरनाक झड्का, बालुवाटारको प्रपञ्च तुहियो !

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच गुटगत विवाद चर्किएको छ । प्रचण्ड पक्षमा लागेर ओलीविरुद्ध सक्रिय छन्, वरिष्ठ नेता माधवकुमार नेपाल ।

    पूर्व माओवादी नेता रहेका प्रचण्डले पूर्व एमालेहरूलाई समेत हातमा लिएर ओलीलाई अल्पमतमा पारेका बेला ओलीको सरकारी निवास बालुवाटारबाट सल्लाहकारहरू र निकट नेताहरूले पूर्व एमालेलाई एकजुट गर्ने प्रपञ्च रहेका थिए । पूर्व एमालेलाई एकजुट गरेर पूर्व माओवादीलाई एक्ल्याउँदै प्रचण्डलाई गलाउने ओली पक्षको योजना रहेपनि वरिष्ठ नेता माधवकुमार नेपालले त्यसलाई तुहाइदिएका छन् ।

    बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकमा बोल्दै नेता नेपालले ओलीका कारण पार्टी ध्वस्त हुन लागेको प्रतिक्रिया दिएका छन् । ‘अब पार्टी एकता कसैले तोड्न सक्दैन र तोड्न दिइँदैन,’ उनले बैठकमा भने ।

    पछिल्लो समय प्रचण्डसँगको विवादका क्रममा प्रधानमन्त्री ओलीले पूर्व एमाले खेमाका नेतालाई आलोचना नगर्ने र आफूतिर नजिक ल्याउने रणनीति अपनाएका भएपनि त्यो सफल हुने देखिएन । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) को बहस ल्याउँदै ओली समूहले पूर्व एमालेलाई एकजुट गर्न कोसिस गरेको थियो । तर सफल हुन सकेन ।

    प्रधानमन्त्री ओलीले मंसिर १३ गतेको बैठकमा पेश गरेको ३८ पृष्ठ लामो जवाफमा पनि प्रधानमन्त्री ओलीले प्रचण्डलाई मात्रै लक्षित गरेका छन् । यसअघि प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रस्ताव आफूहरू समेतको भएको भन्दै वरिष्ठ नेताद्वय झलनाथ खनाल, नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउँदा समेत ओली भने प्रचण्डविरुद्ध मात्रै लागेका छन् । प्रचण्ड बाहेकका नेतालाई फकाउने ओलीको रणनीति रहेको छ ।

    ओलीले आफ्नो जवाफमा पूर्व एमालेको शक्तिलाई यसरी व्याख्या गरेका छन्, ‘सम्झिनुहोस् त केन्द्रीय सचिवालयदेखि स्थानीय कमिटीसम्म अधिकांश ठाउँमा साविक एमालेको एक जना भए पनि बढी संख्या छ । बहुमतको त्यो अंकगणित तपाईंका विरुद्ध प्रयोग गरिएको भए के हुन्थ्यो ?’ ओलीले पूर्व एमालेको बहुमतको धम्की दिएपनि नेता नेपालले भने त्यसलाई साथ नदिने स्पष्ट पारेका छन् ।

    मंगलबारको सचिवालय बैठकमा वरिष्ठ नेता नेपालले अब पूर्व एमालेहरू एकातिर हुन्छन् भन्ने नसोच्न ओलीलाई चेतावनी दिएका छन् । ‘पार्टी फुट्छ र एमाले एकातिर, माओवादी एकातिर हुन्छ भनेर नसोच्नुस् । तपाईं व्यक्तिवादी, मपाइँवादी एवं गुटवादी भएकाले नै पार्टीमा समस्या आएको हो,’ नेता नेपालले ओलीलाई भने, ‘पार्टीले कसैलाई जिम्मा दिन्छ र त्यसैका आधारमा एकता हुन्छ । एकता भइसकेपछि पार्टी विधान र प्रतिवेदनका आाधरमा चल्छ, अहिले नेकपामा पूर्व एमाले र पूर्व माओवादी भन्ने नै छैन, विघटन भइसक्यो ।’

    आफू हाबी हुन ओली पक्षले देखेको एउटा विकल्प पूर्व एमालेलाई जुटाउने रहेपनि त्यसमा वरिष्ठ नेता नेपालले खतरनाक झड्का लगाइदिएका छन् । प्रचण्ड पक्षले ओलीविरुद्ध अन्तिम लडाइँ लड्न लागेको देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend