बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

ओली महाराजहरू बालुवाटारभित्र बर्थ डे केकमा रमाउँदै, जनता सडकमा भोकभोकै

ओली महाराजहरू बालुवाटारभित्र बर्थ डे केकमा रमाउँदै, जनता सडकमा भोकभोकै

  • मिडिया डबली
  • मंगलवार, मंसिर १६ २०७७

  • 4.9K
    SHARES

  • ओली महाराजहरू बालुवाटारभित्र बर्थ डे केकमा रमाउँदै, जनता सडकमा भोकभोकै

    काठमाडौं – देशको संघीय राजधानी काठमाडौं उपत्यकाको बेइज्जत भएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सार्वजनिक स्थानमा निःशुल्क खाना वितरण गर्नेमाथि अवरोध गर्न खोजे । तर दाताहरूले कर्तव्य बिर्सिएनन् र मेयरको चेतावनी पनि टेरेनन् ।

    कोरोना भाइरस संक्रमणको महामारीसँगै थुप्रै नेपाली मजदुर र श्रमिक बेरोजगार भएका छन् । कतिपयको घरबारको आर्थिक अवस्था संकटमा परेको छ । गाँस, बासको व्यवस्था मिलाउन हात फैलाउनु परेको छ । कोरोना महामारीकै बेला खान नपाएर ज्यान गुमाएका घटना समेत सार्वजनिक भएका थिए ।

    यस्ता दर्दनाक घटना हुन नदिन ध्यान दिनुपर्ने सरकारले कुनै काम गर्न सकेको छैन । कम्युनिस्ट मेयर शाक्यले सार्वजनिक स्थानमा खाना वितरण गर्न रोक लगाउन खोजेको केही हप्तापछि मंगलबार कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारभित्रै केक पाटी गरेका छन् ।

    महासचिव विष्णु पौडेलको जन्मदिनको अवसरमा मंगलवार नेकपा सचिवालय बैठकको शुरूमा ओलीसहित नेकपा सचिवालय सदस्यहरू केक चाख्न र चखाउनमा व्यस्त देखिए । जनताको समस्या र पीरमर्कामा कसैको ध्यान देखिएन ।

    सोमवार महासचिव पौडेलको ६२ औं जन्मदिन हो । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले पौडेललाई केक खुवाएर शुभकामना दिएका छन् । पहिलेका राजा–महाराजाको विलासी शैलीलाई कम्युनिस्ट नेताहरूले समेत निरन्तरता दिएका छन् । सर्वहाराको पक्षमा राजनीति गर्ने भनिएपनि कम्युनिस्टहरूले सिंहदरबार छिरेपछि गरीब जनतालाई बिर्सिएका छन् ।

    बालुवाटारभित्रै तामझामका साथ पश्चिममा संस्कृति अनुशरण गर्ने नेकपा नेताहरूले जनतालाई भने बेवास्ता गरिरहेका छन् । रोजगारी सिर्जना गर्ने, जनताको आर्थिक अवस्था सुधार्नेतिर सरकारले कुनै कार्यक्रम ल्याउन सकेको छैन । बरु कोरोना महामारीकै बेला स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको सन्दर्भ अध्यक्ष प्रचण्डको लिखित प्रस्तावमा नै समावेश भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend