काठमाडौं- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली निकट नेता शंकर पोखरेलले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी एकता विरोधी नेताको आरोप लगाएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले पार्टी सचिवालय बैठक बस्नुअघि मंगलबार बिहान प्रचण्डलाई गुटगत हिसावले मात्र चलेको गम्भीर आरोप लगाएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता पोखरेलले पार्टीमा देखिएको समस्यामा एकजना अध्यक्षलाई मात्र जिम्मेबार देखाएर राजीनामा माग्नु गुटगत मानसिकताबाट ग्रसित मानसिकता भएको जनाएका हुन् ।
‘पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेबार देखाएर राजिनामाको माग गर्नु पार्टी एकता विरोधी मानसिकता हो,’ उनले लेखेका छन् ।
केपी ओलीको प्रत्युत्तर पत्रमा आज प्रचण्डले एक एक जवाफ दिने तयारी भइरहेका बेला शंकर पोखरेलको धारणा सार्वजनिक हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।