बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
आजको विशेष

गगन थापाको त्यो दूरदर्शी योजना तर कम्युनिष्टले शिलान्यास गर्नै लगाए ३ वर्ष

गगन थापाको त्यो दूरदर्शी योजना तर कम्युनिष्टले शिलान्यास गर्नै लगाए ३ वर्ष

  • मिडिया डबली
  • मंगलवार, मंसिर १६ २०७७

  • 15.9K
    SHARES

  • गगन थापाको त्यो दूरदर्शी योजना तर कम्युनिष्टले  शिलान्यास गर्नै लगाए ३ वर्ष

    काठमाडौं – हिजो सोमवार देशभरका ३०९ वटा पालिकामा ५ देखि १५ शैय्याका आधारभूत अस्पतालको शिलान्यास गरियो । जसलाई कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको चमत्कारी कामको रूपमा व्याख्या गरिएको छ ।

    ओली प्रधानमन्त्री बनेको झण्डै ३ वर्षसम्म पनि सरकार शिलान्यासको प्रारम्भिक काममै सीमित रहेको छ । तर स्वास्थ्य पूर्वाधार निर्माण गर्ने दूरगामी योजना भने नेपाली कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापा स्वास्थ्यमन्त्री भएको बेला अगाडि बढेको पाइएको छ । छोटो समय स्वास्थ्यमन्त्री भएका गगन थापाले अगाडि बढाएको योजनालाई ३ वर्ष लगाएर शिलान्यासको चरणमा पुर्‍याएको कम्युनिस्ट सरकारले प्रचार भने ठूलै गरिरहेको छ । शिलान्यास गर्नै ३ वर्ष लगाउने सरकारले संरचना निर्माण पूरा गर्न कति वर्ष लगाउँला ? जनस्तरमा प्रश्न जन्मिएको छ ।

    गगन थापा स्वास्थ्यमन्त्री भएका बेला स्वास्थ्य मन्त्रालयले ‘नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड’ बनाएको थियो । जुन २०७४ बैशाख २१ गते मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको थियो । मापदण्डमा देशभर स्वास्थ्य पूर्वाधारको परिकल्पना गरिएको थियो । मापदण्डले भवनको पूर्वाधारको डिजाइन तथा निर्माण सम्बन्धी निर्देशिका बनाउनुका साथै कुन स्थानीय तहमा कस्तो अस्पताल बनाउने टुंगो लगाएको थियो ।

    मापदण्ड र निर्देशिका अनुसार अर्थ मन्त्रालयबाट बजेट ल्याउन नपाउँदै गगन थापा स्वास्थ्य मन्त्रीबाट बिदा भएका थिए । ‘एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना’लाई अगाडि बढाउन तत्कालीन सरकारले जग बसाएको थियो । तत्कालीन मन्त्री थापाले स्वास्थ्य क्षेत्रमा अन्य थुप्रै सुधारका काम समेत गरेका थिए ।

    पूर्वमन्त्री थापाकै दूरदर्शी योजना अनुसार अहिलेको कम्युनिस्ट सरकारले स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन ३९६ स्थानीय तहमा अस्पताल बनाउनका लागि ५७ अर्ब ९७ करोड बजेट विनियोजन गरेको जनाइएको छ ।

    gagn1.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend