आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक विशेष

बहुमत पुर्‍याउन नेताहरूको दैलोमा ‘ललिपप’ पठाउँदै ओली, बामदेव गौतमले दिए कडा जवाफ

बहुमत पुर्‍याउन नेताहरूको दैलोमा ‘ललिपप’ पठाउँदै ओली, बामदेव गौतमले दिए कडा जवाफ

  • मिडिया डबली
  • सोमवार, मंसिर १५ २०७७

  • 6.4K
    SHARES

  • बहुमत पुर्‍याउन नेताहरूको दैलोमा ‘ललिपप’ पठाउँदै ओली, बामदेव गौतमले दिए कडा जवाफ

    काठमाडौं - नेकपाको सचिवालय बैठक मंगलबारका लागि बोलाइएको छ । सोही बैठकबाट नेकपा विवाद मत्थर पार्ने प्रयासमा प्रधानमन्त्री केपी ओली लागेका छन् ।

    यसका लागि उनले आफ्ना विशेष सहयोगी नेकपा महासचिव विष्णु पौडेल र उप्रधानमन्त्री ईश्वर पोखरेललाई जुनसुकै हालतमा उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो पक्षमा पार्न खटाएका छन् ।

    यहीबीचमा महासचिव पौडेल र उपप्रधानमन्त्री पोखरेलले उपाध्यक्ष गौतमलाई भेटेर विभिन्न किसिमका प्रस्ताव राखे पनि । पोखरेल त गौतमको भैंसेपाटीस्थित निवासमै पुगेका थिए । शुक्रबार राति गौतम र पोखरेलबीच करिब एक घन्टा लामो भेटवार्ता भएको थियो ।

    गौतम र पोखरेलबीच त्यति हार्दिक सम्बन्ध छैन । किनभने एमाले माले हुँदा पोखरेलले गौतमलाई निकै खेदेका थिए । पार्टी विभाजन गरेको भन्दै वामदेवलाई पार्टीमा जिम्मेवारी दिन नहुने भन्दै लबिङ गर्नेमा पोखरेल निकै अघि छन् ।

    तर, उनै पोखरेल गत शुक्रबार गौतमको शरणमा पुगे । त्यो पनि केपी ओलीको कुर्सी जोगाउन भन्दै । उनले गौतमलाई विगत र भविष्यको कुरा कोट्याए । आगामी दिनमा उपप्रधानमन्त्री भएर सरकारमा आउन आग्रह गरे ।

    तर, गौतम फकिएनन् । स्रोतका अनुसार उनले पोखरेललाई भनिदिए, ‘तपाई पनि त्यता नबस्नोस् । जतिसुकै गरे पनि ओलीले तपाईलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाउने छैनन् । त्यसैले तपाई अहिले नै उहाँको साथ छाड्नुस् ।’

    गौतमको कुरा सुनेपछि पोखरेलले निलो अनुहार लगाएको भैंसेपाटी स्रोतले बताएको छ । पोखरेललाई जस्तै गौतमले महासचिव पौडेललाई पनि सुझाव दिएको बताइन्छ ।

    पौडेललाई लक्षित गर्दै शनिबार सम्पन्न सचिवालय बैठकमा गौतमले बैठक राख्न नचाहने अध्यक्षलाई पार्टी महासचिवले साथ दिन नहुने धारणा राखेका थिए । गौतमको यो सुझावपछि पौडेल अहिले पार्टीभन्दा सरकारको काममा बढी खटिन थालेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend