काठमाडौं- नेपाली टोली लिग स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत बुधबारदेखि टाउको दुख्ने, थकाई महसुस हुने भएपछि उनले पिसिआर परीक्षण गराउँदा संक्रमण पुष्टि भएको बताएका छन् ।
शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत सन्दीपले आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका हुन् ।
लामिछानेले बुधबारको तुलनामा अहिले आफ्नो स्वास्थ्य अवस्था राम्रो भएको र चाँडै कोरोना पराजित गरी बन्द प्रशिक्षणमा सहभागी हुने उनले विश्वास व्यक्त गरेका छन् ।
नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पनि कोरोना संक्रमण भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।