आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रधानमन्त्री ओलीमा नैतिकता छ भने तत्काल राजीनामा दिनुपर्छ : डा. बाबुराम भट्टराई

प्रधानमन्त्री ओलीमा नैतिकता छ भने तत्काल राजीनामा दिनुपर्छ : डा. बाबुराम भट्टराई

  • मिडिया डबली
  • बिहिवार, मंसिर ११ २०७७

  • 9.8K
    SHARES

  • प्रधानमन्त्री ओलीमा नैतिकता छ भने तत्काल राजीनामा दिनुपर्छ : डा. बाबुराम भट्टराई

    काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनु उपयुक्त भएको बताएका छन्।

    विश्वका विभिन्न मुलुकमा भ्रष्टाचार सम्बन्धी अनुसन्धान गर्ने ट्रान्सफरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको प्रतिवेदनमा प्रधानमन्त्री ओलीको नाम जोडिएपछि डा.भट्टाराईले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाएका हुन्।

    केही दिन अघि मात्रै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पनि ओली माथि भ्रष्टाचारका गम्भिर आरोप लगाएर राजनीतिक प्रतिवेदन सार्वजनिक गरेका थिए।

    भट्टराईले ट्वीटरमा प्रधानमन्त्रीसँग नैतिकता छ भने तत्काल राजीनामा दिन पनि भनेका छन्। ‘प्रम ओलीमा नैतिकता छ भने आफ्नै देशका जनता र अन्तर्राष्ट्रिय जगत समेतको भ्रष्टाचारसम्बन्धी यी संगीन आरोपलाई ध्यान दिंदै पदत्याग गर्नु र प्रायश्चित गर्नु उपयुक्त हुन्छ,’ भट्टराईले भनेका छन् ।

    उनले भ्रष्टाचार रोक्क संरचनागत सुधारको आवश्यकता रहेको र ती संरचना केके हुनसक्छन् भन्दै सुझाब पनि दिएका छन्। ‘अनि यी संरचनात्मक सुधार नगरी भ्रष्टाचार रोकिन्न है ।

    १.शासकीय स्वरूप २. निर्वाचन प्रणाली ३. जनलोकपाल ४.आर्थिक विकास।’ भट्टराईले लेखेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend