काठमाडौं - सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा आफूले पेस गरेको प्रस्ताव फिर्ता नलिने बताएका छन्। प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव पनि सचिवालयमा पेस भएपछि दुवैमा छलफल गरी थप निष्कर्ष निकाल्न मद्दत पुग्ने अध्यक्ष दाहालको भनाइ छ।
‘म मेरो प्रस्ताव फिर्ता लिन्नँ। प्रधानमन्त्री ९ओली०ले पनि आफ्नो प्रस्ताव ल्याउने भन्नुभएको छ। दुवैको प्रस्तावमाथि पार्टी कमिटीमा छलफल हुन्छ। एउटा निष्कर्ष निस्कन्छ। यसमा पार्टी विभाजन हुन्छ कि भनेर आत्तिनुपर्ने कुनै कारण छैन’, दाहालले सोमबार आफ्नो पूर्वसमूहका स्थायी समिति सदस्य टोपबहादुर रायमाझी र हरिबोल गजुरेलसँग भने, ‘पार्टी एकता मेरो तर्फबाट टुट्दैन। कुनै पनि सर्तमा पार्टी फुट्न दिन्नँ। यसमा म सकारात्मक छु। लचिलो पनि छु। तापनि हाम्रा समस्या छलफल गरेर हल गर्नुपर्छ। कमजोरी ज–जसका छन्, आत्मबोध गरेर त्यसलाई करेक्सन गरेर जानुपर्छ।’
दाहालले प्रधानमन्त्रीले ल्याउने प्रस्ताव हेर्नुपर्ने भन्दै आफ्नो प्रस्तावले पार्टी नफुट्ने जिकिर गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ। ‘राजनीतिक प्रतिवेदन आउँदैमा कोही पनि आत्तिनु पर्दैन। मैले उठाएका कुरा जनताले थाहा पाएका छन्। पार्टीभित्र बहस चलेको छ। ओलीजीले पनि प्रतिवेदन ल्याउँछु भन्नुभएको छ। उहाँले कस्तो प्रतिवेदन ल्याउनुहुन्छ त्यो हेर्नुपर्छ,’ दाहालको भनाइ उद्धृत गर्दै नेता गजुरेलले भने, ‘प्रतिवेदनहरूले छलफल र समस्या समाधान गर्न मद्दत गर्छ। मेरो प्रतिवेदनले पार्टी फुट्दैन। पार्टी एकताकै लागि मैले पहल गरिरहेको छु।’
दाहालले पार्टी एकता कायम राख्ने÷नराख्ने भन्ने विषयमा बल प्रधानमन्त्री ओलीको कोर्टमा रहेको पनि बताएका थिए। उनले प्रधानमन्त्रीले जबर्जस्ती बहुमत पु¥याउने नाममा गणितको खेल खेल्न थालेको भन्दै त्यसलाई रोक्नुपर्ने पनि बताएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।