काठमाडौं - नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छी र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रचण्डलाई भेट्न राजदूत याङ्छी सोमबार बिहानै प्रचण्ड निवास खुमलटार पुगेकी हुन् । अध्यक्ष प्रचण्ड र राजदूत याङछीवीच करिव आधा घण्टा भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ ।
भेटवार्तामा के के विषयमा छलफल भयो भन्ने नखुलेपनि उनीहरुबीच नेकपा विवाद र आसन्न चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका बारेमा छलफल भएको बुझिएको छ ।
चिनियाँ रक्षामन्त्री वइफेङ्हे यहि मंसिर १४ मा नेपाल भ्रमणमा आउने भएका छन् । सत्तासिन दल नेकपाभित्र विवाद चुलिएको अवस्थामा चिनियाँ राजदूत यान्छीको सक्रियतालाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।
केही दिनअघि यान्छीले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गरेकी थिइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।