आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक विशेष

वामदेव फेरि ‘चलमलाउन’ लागे, बालुवाटारमा खुसीको माहोल

वामदेव फेरि ‘चलमलाउन’ लागे, बालुवाटारमा खुसीको माहोल

  • मिडिया डबली
  • आइतवार, मंसिर ७ २०७७

  • 9.6K
    SHARES

  • वामदेव फेरि ‘चलमलाउन’ लागे, बालुवाटारमा खुसीको माहोल

    काठमाडौं - सत्तारुढ नेकपामा सबैभन्दा अस्थिर पात्र उपाध्यक्ष वामदेव गौतम हुन् । २०५४ सालमा तत्कालीन एमाले फुटाएर माले गठन गरेका उनी अहिले केन्द्रविन्दुमा छन् ।

    कहिले खुमलटार त कहिले बालुवाटारको पक्षमा अभिव्यक्ति दिँदै आएका गौतम पछिल्लो समय प्रचण्ड माधव नेपाल समूहमा थिए । तर, शनिबारदेखि उनले आफूलाई एकाएक तठस्थ बनाएका छन् ।

    जबजब वामदेवले आफूलाई तठस्थ बनाउने गर्छन् तबतब बालुवाटारमा खुसीको माहोल सुरु हुन्छ । किनभने गत असारमा उनले तठस्थता नदेखाएको भए प्रधानमन्त्री केपी ओलीको कुर्सी ढलिसक्थ्यो ।

    त्यसबेला पनि ओली सचिवालयमा अल्पमतमा परेका थिए । अहिले पनि ओली अल्पमतमा छन् । मंसिर १३ गते बस्ने सचिवालय बैठकअघिसम्म ओलीले आफूलाई विन विन पोजिसनमा लगिसक्ने आकलन गरिएकै बेला वामदेवले शनिबार दाङ पुगेर आफू कुनै गुटमा नरहेको, सधैं एकताको पक्षमा रहेको र पार्टी नफुट्ने अभिव्यक्ति दिए ।

    वामदेवको यो अभिव्यक्तिले खुमलटार र कोटेश्वर रिसाएको छ भने बालुवाटारमा खुसीको माहोल छाएको छ । वामदेव फेरि पनि ओलीको ललिपपमा फस्ने अनुमान गरिएको छ । शनिबार रातिदेखि नै ओली पक्षका नेताले वामदेवले बोलेका कुरालाई समर्थन गर्न थालिसकेका छन् ।

    धेरैले वामदेव उपप्रधानमन्त्री बन्न सक्ने आकलन पनि गरेका छन् । किनभने सर्वोच्च अदालतले उनलाई मन्त्री बन्न बाटो खुला गरिदिएको छ । यदि वामदेव फेरि ओली गुटमा लागे भने नेकपा फुट्दैन नै महाधिवेशनसम्म ओली पक्षले प्रचण्ड र माधव नेपाल समूहलाई पेलेरै जाने निश्चित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend