बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक विशेष

यस्तो रहेछ प्रचण्ड ईश्वर पोखरेल र गोकुल बास्कोटाको तारोमा पर्नुको भित्री कारण

यस्तो रहेछ प्रचण्ड ईश्वर पोखरेल र गोकुल बास्कोटाको तारोमा पर्नुको भित्री कारण

  • मिडिया डबली
  • बिहिवार, मंसिर ४ २०७७

  • 7.8K
    SHARES

  • यस्तो रहेछ प्रचण्ड ईश्वर पोखरेल र गोकुल बास्कोटाको तारोमा पर्नुको भित्री कारण

    काठमाडौं - यतिबेला नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीभित्रै सर्वाधिक आलोचित भएका छन् ।

    माओवादी केन्द्रलाई तत्कालीन एमालेमा एकीकृत गराएर वाहवाही कमाए पनि अहिले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीविरुद्ध मोर्चाबन्दी गरेपछि प्रचण्ड नेताहरुको तारोमा परेका छन् ।

    त्यसमा पनि ईश्वर पोखरेल र गोकुल बास्कोटा निकै आक्रोशित छन् । प्रचण्डले थालेका हरेक कदमको यी दुवैले सामाजिक सञ्जाल र मिडियामार्फत आलोचना गर्दै आएका छन् । बुधबार पनि त्यस्तै दृश्य देखियो । पोखरेल त सचिवालय सदस्य पनि हुन् ।

    रक्षामन्त्री भएका बेला हालका विनाविभागीयमन्त्री पोखरेलले स्वास्थ्य सामग्री खरिद गर्दा यती होल्डिङ्स् र ओम्नी समूहमार्फत गरेको भ्रष्टाचारलाई ढाकछोप गरेका थिए ।

    जुन कुरा प्रचण्डले केपी ओलीलाई लेखेको पत्रमा उल्लेख छ । भ्रष्टाचारका प्रमुख नाइके पोखरेल थिए । उनलाई संरक्षण गर्ने प्रधानमन्त्री ओली नै थिए। त्यसैले बुधबार पोखरेलले प्रचण्डले लगाएका आरोप पत्र खारेज नगरी ओलीले प्रस्ताव तयार पार्नुको औचित्य नहुने भन्दै बुरुक्क उफ्रेको नेकपाभित्र चर्चा छ ।

    यस्तै, प्रचण्डको प्रस्ताव आरोपपत्र भन्दै बुरुक बुरुक उफ्रिने गोकुल बाँस्कोटा पनि हुन् । प्रचण्डले आफ्नो प्रस्तावमा ७० करोडको घुस अडियो, प्रीन्टिङ मेसिन भ्रष्टाचार आदि बारे उल्लेख गरेका थिए। यी सबैमा बाँस्कोटा जोडिएका छन्।

    बास्कोटालाई आफ्नै घरमा राखेर ओलीले संरक्षण दिँदै आएका छन् । प्रचण्डले उठाएका प्रश्न मिडियाले प्रमाणसहित उदाङ्गो पारिदिएपछि बास्कोटा हरेक दिन प्रचण्डविरुद्ध खनिँदै आएका छन् । उनले प्रचण्डको पत्रलाई खारेज गर्नुपर्ने, बरु माओवादी छुटिएर गए हुने आशयका अन्तर्वार्ता दिँदै आएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend