बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

प्रचण्डको अस्त्रमा भयंकर दम, ३ गते ओलीले देलान त राजीनामा ?

प्रचण्डको अस्त्रमा भयंकर दम, ३ गते ओलीले देलान त राजीनामा ?

  • मिडिया डबली
  • आइतवार, कार्तिक ३० २०७७

  • 9.5K
    SHARES

  • प्रचण्डको अस्त्रमा भयंकर दम, ३ गते ओलीले देलान त राजीनामा ?

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका  अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच गम्भीर शक्ति संघर्ष चलेको छ । 

    पार्टीभित्र यतिबेला बलियो पकड रहेको प्रचण्ड पक्षले ओली आफ्नो निर्णय अनुरुप सहमतिमा नआए राजीनामा नै माग गर्ने स्थितीमा छ । दशैं अगावै प्रचण्डले मोर्चाबन्दी गर्दै माधव कुमार नेपाललगायत पूर्व एमाले नेताहरुसँग राजनीतिक लेनदेन गरेर भएपनि ओलीलाई कमजोर बनाइसकेका छन् ।

    वरिष्ठ नेता नेपाललाई आफ्नो पक्षमा पारेका पचण्डकै पक्षमा नेता वामदेव गौतम समेत देखिएका छन् । आइतबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भएको भेटघाटमा नेता गौतमले आफुलाई सहयोग गर्न भन्दै ओलीले गरेको प्रस्तावलाई अस्विकार गरिदिएका छन् । 

    यसबाट नेता गौतम समेत प्रचण्डपक्षमा रहेको अनुमान गरिएको छ । यसरी अहिले पार्टीभित्र प्रचण्डले भयंकर 'दम' (क्षमता) बनाएको देखिएको छ । योसँगै प्रचण्डले ओलीलाई जुनसुकै हालतमा सरकारबाट हटाउने कदमको तयारी गरेका छन् । 

    त्यसका लागि उनले माधवकुमार नेपाललाई प्रधामन्त्री मान्न तयार हुने सम्मको राजनीतिक लेनदेन गरेको बुझिएको छ । त्यसैले नेपाल ओलीको विभिन्न प्रस्तावका बाबजुद प्रचण्ड सँगको गुटमा यताउता भएनन् ।

    प्रचण्डले तिहारको समयमा पनि शक्ति सञ्चयलाई निरन्तरता दिएका छन् । उनले सचिवालय बैठक डाक्न ओलीलाई वाध्य पारे । ३ मंसिरमा ठुलै तयारीका साथ प्रचण्ड सक्रिय छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend