बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

प्रचण्डलाई इश्वर पोखरेलको कडा धम्कि, खुमलटारमा हलचल !

प्रचण्डलाई इश्वर पोखरेलको कडा धम्कि, खुमलटारमा हलचल !

  • मिडिया डबली
  • शनिवार, कार्तिक २९ २०७७

  • 7.5K
    SHARES

  • प्रचण्डलाई इश्वर पोखरेलको कडा धम्कि, खुमलटारमा हलचल !

    काठमाडौं-  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी विघटन हुनसक्ने चेतावनी अनुरुपको धम्कीपूर्ण टिप्प्णी  गरेका छन् ।

    अध्यक्ष दाहालले सार्वजनिक गरेको प्रतिवेदनमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीमाथि गम्भीर लाञ्छना लगाइएको भन्दै उनले उक्त प्रस्ताव फिर्ता लिनुपर्ने भन्दै आग्रहपूर्ण तरिकाको टिप्पणी गरेका हुन् ।

    शनिबार सामाजिक संजाल फेसबुकमार्फत पोखरेलले प्रचण्डले पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध अत्यन्त संगीन आरोपहरू भदौ २६ गतेको स्थायी कमिटीको निर्णय र पार्टी एकताको भावना विरूद्ध रहेको गुनासो पोखेका हुन् ।

    पार्टीभित्र चरम विवादका बेला सहमतिका साथअघि बढ्नुपर्ने, पार्टी एकता गर्दा स्वीकार गरिएका आधार र मान्यता विपरित “कि तँ छैनस् कि म छैनुु, भन्ने अत्यन्त असन्तुलित र दुराग्रहपूर्ण ढंगले प्रस्ताव अघि सारिएको नेता एवं सचिवालय सदस्य पोखरेलको भनाइ छ ।

    प्रस्ताव फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्षमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने भनेर प्रचण्ड कमरेडसहित नेकपा  सबैले यसको छिनोफानो गर्नुपर्ने पोखलेरको दाबी छ ।

    प्रचण्डविरुद्ध ईश्वर पोखरेललगायत अन्य ओली निकट नेताहरुको लगातारको प्रहारले खुमलटारमा हलचल मच्चिन सक्ने संकेत देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend