काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाको आज बसेको सचिवालयको बैठकमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता जोगाउँनका लागि प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीले त्याग गर्नुपर्ने बताएका छन् ।
सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रचण्डले ओली जिम्मेवारीमा असफल भएकाले संविधानको समाजवादी व्यवस्था कार्यान्वयन गर्न र पार्टी एकता बचाइराख्न उनले त्याग गर्नुपर्ने बताएका हुन्।
स्रोतका अनुसार अब, प्रचण्डले ओलीलाई पार्टीबाट हटाउँने रणनीति र योजना अघि सारेको छन् । प्रचण्डले जारी गरेको राजनीतिक दस्तावेजमा उनले भनेका छन्, ‘म आशा गर्दछु कि कमरेड केपी शर्मा ओलीले प्रमुख रुपमा गम्भीर आत्मसमीक्षा र आत्मआलोचना गर्दै पार्टी एकता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् देशको निर्माणमा आवश्यक त्यागसहित पहल लिई समुचित योगदान गर्नु हुन्छ,।’
पाँच खण्डमा विभाजित दस्तावेजमा प्रचण्डले दुवै दलको विकासक्रमको चर्चा गर्दै प्रधानमन्त्री ओलीबाट पार्टी एकताको राजनीतिक आधार तथा भावनामाथि प्रहार गरेको आरोप लगाएका छन्। स्रोतका अनुसार प्रचण्डले १९ पृष्टि लामो प्रतिवेदन जारी गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।