काठमाडौं - सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सांसद र मन्त्री बन्नबाट रोक्न नमिल्ने गरी बाटो खोलिदिएपछि बालुवाटारमा हर्षोल्लास छाएको छ ।
पार्टीको सचिवालय बैठक बोलाउने कि नबोलाउने भन्ने विषयले प्रधानमन्त्री केपी ओली अल्पमतमा परेका बेला गौतमको पक्षमा अदालतको निर्णय आएको हो ।
अदालतको आदेश आएलगत्तै प्रधानमन्त्री ओली र उनी पक्षका नेताहरुले गौतमलाई बधाई दिइरहेका छन् । ओली पक्षका नेताहरुको बधाईको ओइरोले अब वामदेव सरकारमा सामेल हुने र नेकपाको अर्को पक्ष प्रचण्ड, माधव नेपाल समूह कमजोर हुने विश्लेषण गर्न थालिएको छ ।
ओली पक्षका नेताहरूले धमाधम वामदेवलाई बधाई दिएर फकाउन थालेपछि खुमलटारमा सन्नाटा छाएको छ । बुधबार नै लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिइसकेका छन् । उनी ओलीका भित्रिया नेता हुन् ।
तर, ओलीबाट सधैं धोका मात्र पाइरहेका गौतमले के गर्छन् ? भन्ने अझै स्पष्ट भइसकेको छैन । कतै वामदेव ओलीको मन्त्री बनाउने ललिपपमा फस्ने त होइनन् भन्ने प्रचण्डमा छटपटी बढेको छ । अहिलेसम्म वामदेवले प्रचण्डलाई दह्रो साथ दिँदै आएका छन् ।
प्रचण्ड नेपाल समूहले प्रधानमन्त्री ओलीले आजसम्म बैठक नबोलाए दिउँसो धुम्बाराहीमा बैठक बस्ने चेतावनी दिइसकेको छ ।
स्रोतका अनुसार आज रातिसम्म ओलीले सरकारमा दोश्रो वरियतासहित रक्षा या कुनै मन्त्रालय रोजेर आफूलाई सचिवालयसहित सबैतिर साथ दिन वामदेवलाई आग्रह गर्ने सम्भावना प्रबल रहेको स्रोतले बतायो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।