काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डका अंगरक्षक तुलबहादुर घर्ती ‘मुनाल’ को पक्षघातका कारणले स्वास्थ्य अवस्था गम्भीर भएको छ ।
जनयुद्धका क्रममा प्रचण्डका सुरक्षामा रातदिन खटिएका मुनाको उपचार पनाएर घरमै सिकिस्त अवस्थामा भएको परिवारले जनाएका छन् । पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका–५ जवाङस्थित आफ्नै घरमा मर्नु न बाँच्नुको अवस्थामा बेसाहारा भएका छन् ।
जनयुद्धकालको चर्चित चुवाङ बैठकमा मुनाल प्रचण्ड, मोहन वैद्य, बाबुराम भट्टराई, बादलहरुलगायतका नेताहरुको सुरक्षाको जिम्मा लिएका मुनाल उपचार नपाएर छटपटिरहँदा कसैले पनि सहयोग गरेका छैनन् ।
उपचार नपाएरै मुनालको ज्यान जाने अवसथामा पुगेको परिवारले जनाएका छन् । मुनालको उपचारका नीम्ति पूर्वमाओवादीका नेता तथा सामाजिक अभियान्त हेमबहादुर खड्काको नेतृत्वमा काठमाडौंको संवाद डबलीमा सहयोग अपिल कार्यक्रममार्फत सत्तासीन नेता तथा आम मनकारी जनसाधारण समक्ष सहयोगका लागि अपिल गरेका छन् ।
देशको परिवर्तनका खातिर आफ्नो शरीर जर्जर बनाउने मुनालजस्ता सयौं साथीहरुको सहयोगका लागि आफूहरुले मुनालबाट सुरु गरेको बताए ।
अभियान्ता खड्काले अगाडि भने, “जनयुद्धमा हेडक्वाटरका नेताहरुको रक्षा गर्ने मुनालजस्ता सयौं कमरेडहरु बेसाहारा भएका छन्, उहाँहरुको रक्षा कसले गर्ने ?” कार्यक्रममा बोल्दै खड्काले आफूहरु बिहिबार नै उपचारका लागि रुकुम जाने र मुनाललाई काठमाडौंमा ल्याएर उपचार गर्ने योजना रहेको जानकारी समेत दिए ।
जसका निम्ति आम रुपमा सहयोग गर्न अपिल गरेका छन् । सहयोगको लागि शान्ति नेपालको नाममा रहेको ग्लोबल आईएमई बैंक लिमिटेड, पानीपोखरी शाखाको खाता नम्बर ३३०१०१००००७६५ मा जम्मा गरिदिनुहुन अनुरोध गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।