काठमाडौँ- कात्तिकस् सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका पूर्ववरिष्ठ उपाध्यक्ष माधव मरहठ्ठाको असामयिक निधनले आफूलाई दुखित बनाएको बताएका छन् ।
अध्यक्ष दाहालले आज एक शोक वक्तव्य प्रकाशित गर्दै मरहठ्ठाले नेपाली कम्युनिष्ट आन्दोलन, जनयुद्ध र शिक्षक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । मरहठ्ठाको नेपालको राजनीतिक परिवर्तनमा ठूलो योगदान रहेको स्मरण गरेका छन् । उनको आज बिहान स्टार हस्पिटलमा निधन भएको हो ।
विभिन्न पुस्तकका लेखक तथा बौद्धिक व्यक्तित्वका धनी मरहठ्ठाले गोरखा जिल्लाको शिक्षक आन्दोलन र त्यस क्षेत्रको शैक्षिक विकासमा खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । अध्यक्ष दाहालले दिवङ्गत मरहठ्ठाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।