आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चुनावमा वृद्ध भत्ताको गफ हाँक्ने कम्युनिस्टहरुबाटै ठगी !

चुनावमा वृद्ध भत्ताको गफ हाँक्ने कम्युनिस्टहरुबाटै ठगी !

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २५ २०७७

  • 7.2K
    SHARES

  • चुनावमा वृद्ध भत्ताको गफ हाँक्ने कम्युनिस्टहरुबाटै ठगी !

    सिन्धुपाल्चोक - अहिले मुलुकमा कम्युनिस्ट पार्टीको बहुमतको सरकार विराजमान छ । वृद्ध भत्ता बाँड्ने नारा दिएर चुनाव जितेको कम्युनिस्ट पार्टीबाटै अहिले लुटको धन्दा चलिरहेको छ ।

    सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका - ५ का वडा सदस्य रामजित तामाङले तिनै वृद्धहरुलाई ठगी गरेका छन् । निर्वाचनमा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीकै बोली दोहोर्‍याएर चुनाव जितेका वडा सदस्य तामाङले अहिले अहिले वृद्धहरुलाई भत्ता दिनुको साटो लुट्ने काम गरिरहेका छन् ।

    तत्कालीन एमाले अध्यक्ष ओलीले भनेका थिए, "चुनावमा वृद्ध भत्ता पाँच हजार पुर्‍याउछौं, घरघर मै भत्ता वितरण गर्छौ मात्र नभइ, वृद्ध भत्ता नै हामीले सुरुवात गरेका हौं ।"

    तर, अहिले त्यो सबै भ्रम रहेछ भन्‍ने कुरा केन्द्र सरकारदेखि स्थानीय तहसम्मको नेतृत्वमा बसेका कम्युनिस्टहरुको व्यवहारले पुष्टि गरेको छ । वडा सदस्य तामाङले वृद्ध आमाबुबा हरुको वृद्ध भत्ताको लागि एनसीसी बैंकमा खाता खोलिदिने र खातामा एक हजार रुपैयाँ राखिदिने भन्दै ठागी गर्ने गरेको पाइएको हो ।

    ती वडा सदस्य तामाङले दावा लामु तामाङ ,आइती माया तामाङ, अपाङ्ग समेत रहेका पन्चसिङ तामाङसँग हजार-हजार रुपैयाँ बैंक खाता खोल्ने र खातामा जम्मा गरिदिने भनी असुल गरेको खुल्न आएको हो । बैंक स्रोतका अनुसार वडा सदस्य तामाङले कुनै रकम खातामा जम्मा नगरेको पाइएको छ । नेकपाबाट निर्वाचित वडा सदस्यको यस्तो गलत क्रियाकलापले स्थानीयहरु आक्रोशित भएका छन् ।

    मिडिया डबलीसंगको कुराकानीमा वडा सदस्य रामजित तामाङले आफुले पैसा नखाएको दाबी गरेका छन् । उनले भने, यो "मलाई फसाउन खोजेको प्रोपोगान्डा मात्र हो ।"

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:४३:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend