काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्षबीच उग्र विवाद चलिरहेको छ । विभिन्न कुरामा सहमति हुन नसक्दा अन्त्यमा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छुट्टिने स्थितीमा पुगिसकेका छन् ।
कुरा कहाँसम्म पुगिसक्यो भने, अब ओली पक्षले बोलाएको बैठकमा प्रचण्ड निकट नेता आउँन छोडेका छन् । उता प्रचण्डले बोलाएको बैठकमा ओली निकट नेता आउँन छोडेका छन् ।
यसबाट ओली र प्रचण्ड दुवै छुटिट्नु परेको खण्डमा पनि आफ्ना आफ्नापक्षका नेताहरुको झुण्ड तयार पारिसकेको देखिन्छ । दुईदिनअघि बालुवाटारमा प्रधानमन्त्री समेत रहेका ओलीले बोलाएको बैठकमा आमन्त्रित गरिएका प्रचण्ड निकट नेता गएका थिएनन् । आज, धुम्बराहीमा प्रचण्डले बोलाएको बैठकमा पनि आमन्त्रित नै गरिएका ओली निकट नेता गएका छैनन् ।
प्रचण्डले राखेको बैठकमा पूर्वमाओवादीकै नेता समेत ओली निकत भएसँगै अनुपस्थित भएका छन् । नेकपामा शक्तिसंघर्षका बेला प्रचण्डको साथमा नेकपाका वरिष्ठ नेता नेपालहुँदा ओलीलाई भने संकट पर्न सक्ने दखिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।