काठमाडौं - नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमनत्री केपी ओली राणा शाशनका प्रधानमन्त्री भन्दा पनि गैरजिम्मवारी भएको आरोप लगाएका छन्।
नेपाल प्रेस युनियन युरोप शाखाले गरेको कोभीड र लोकतन्त्र बिषयक भर्चुअल बहसमा बोल्दै नेता थापाले कोरोना भाइरसको महामारीले सयौं नेपालीको मृत्यु र हजारौं संक्रमित भइरहँदा सरकारले जिम्मेवारी निर्वाह नगरेको भन्दै यस्तो आरोप लगाएका हुन्।
‘प्रधानमन्त्री ओली जनताप्रति होइन आफ्नै पार्टीको विवादमा मुछिँदै कोरोना नियन्त्रणका बारेमा कुनै पनि छलफल वा बैठक नगरी गैरजिम्मेवारी प्रदर्शन गरिरहेका छन्,’ थापाले भने, ‘विदेशमा अलपत्र नेपालीको उद्धार गर्ने बाहनामा टिकटमा कमिसन खान तल्लिन भएको निरंकुश सरकारबाट धेरै अपेक्षा के गर्नु ?’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।