काठमाडौं- लामाे समयदेखि चलिआएको नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवादले अब, प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुस्त पारिदिएको छ भने, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झनै शक्तिशाली बनिरहेका छन् ।
आज मात्रै, नेकपाको विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको कार्यदलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट नेताहरु अनुपस्थित भएका छन् । यसले नेकपालाई प्रचण्डले आफ्नो अण्डरमा राखेको देखिएको छ ।
प्रचण्ड निकट नेताहरु अनुपस्थित भएपछि बैठक नै रद्द भएको छ। केही दिनअघि अलग अलग जाऔं भनेर प्रस्ताव गरेको भनिएका ओलीलाई अब, माधवनेपालको समेत साथ नमिलेसँगै संकटमा परेका छन् ।
यसरी माधवनेपाल र प्रचण्ड पक्ष एकभएसँगै बहुमत हुने सम्भावना बढेको छ । यदि विवाद बढ्दै गयो भने नेता नेपाल र प्रचण्डको मिलनले ओलीलाई पद नै धरापमा पर्न सक्ने सम्भावना आउँन सक्ने देखिन्छ ।
माधव नेपाल प्रचण्डसँग पछिल्लो समय नजिक छन्, भने अन्य नेताहरु पनि प्रचण्ड नजिक छन् । आज, प्रधानमन्त्री ओलीले सोमबार मध्यान्ह १२ बजेका लागि कार्यदलसँगको बैठक बोलाएका थिए ।
विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले गत साउन ३० गते महासचिव बिष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए। कार्यदलमा महासचिव पौडेल सहित र स्थायी समिति सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसाल छन्।
महासचिव पौडेल र प्रदेश ५ को पोखरेल ओलीनिकट हुन्। रावल र पाण्डे वरिष्ठ नेता माधवकुमार नेपालनिकट मानिन्छन्। शर्मा र भुसाल अध्यक्ष दाहालनिकट हुन्।
आज प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा अध्यक्ष दाहालनिकट नेताहरु नआएपछि रोकिएको हो। अन्य चारजना बैठकका लागि बालुवाटार पुगेका थिए। तर बैठक बस्न नसकेपछि उनीहरु फर्किएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।