बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

नेकपाका 'गेम मेकर बन्दै प्रचण्ड', ओलीमाथि प्रहार गर्दै धमाकेदार अस्त्र

नेकपाका 'गेम मेकर बन्दै प्रचण्ड', ओलीमाथि प्रहार गर्दै धमाकेदार अस्त्र

  • मिडिया डबली
  • सोमवार, कार्तिक २४ २०७७

  • 4.6K
    SHARES

  • नेकपाका 'गेम मेकर बन्दै प्रचण्ड', ओलीमाथि प्रहार गर्दै धमाकेदार अस्त्र

    काठमाडौं- नेकपा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले दुत बनाएर खुमलठार पठाएका महासचिव बिष्णु पौडेललाई प्रचण्डले ओलीमाथि अस्त्र प्रहार गर्ने संकेतसहित फिर्ता पठाएका छन् । ओलीका दूत बनेर सोमबार खुमलटार पुगेका महासचिव पौडेलमार्फत प्रचण्डले अब बस्ने बैठकमा ओली नआए कार्यकारी अधिकार प्रयोग गरेर अघि बढ्ने सन्देश बालुवाटार  पठाएका हुन् । 

    प्रचण्डले अब, ओलीले धेरै अटेर गरे अब, आफुलाई मिलेको कार्यकारी अस्त्र प्रयोग गर्ने कुरा निकालेका छन् । प्रचण्डले आफुलाई मिलेको कार्यकारी शक्ति प्रयोग गरेभने नेकपामा फेरि धमाकेदार स्थिती सिर्जना हुने अनुमान गरिएको छ ।

    पार्टी एकताका लागि आफूले धेरै अपमानित सहनु परेको भन्दै प्रचण्डले सीमा नाघेकाले अब गुटगत भेला छाडेर पार्टीको बैठकमार्फत गतिरोध अन्त्य गर्नुपर्ने सन्देश महासचिव पौडेलमार्फत अध्यक्ष ओलीलाई दिएको बताएका छन् ।

    नेकपामा शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी ओलीमा बेचैनी बढेको छ ।पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत पाँच सदस्यले बैठक बोलाउन आज (सोमबार) सम्मको अल्टिमेटम दिएकाले ओलीमा छटपटी बढेको हो । आन्तरिक रूपमा आफू बलियो भएको दाबी गरे पनि ओलीलाई सजिलो भने छैन ।

    त्यसैले उनले माधवकुमार नेपाललाई फकाउन थालेका छन् । तर, नेपाल समूहले त्यत्तिकै साथ दिने अवस्था छैन । सोही कारण अल्टिमेटमको अन्तिम घडि बित्नै लाग्दा ओलीले आफ्ना विशेष दूतलाई सन्देशसहित खुमलटार पठाएका छन् भने केही समयअघि पार्टीको विवाद मिलाउन गठित कार्यदलका सदस्यलाई बालुवाटार बोलाएका छन् ।

    प्रधानमन्त्री ओलीले केही सन्देशसहित महासचिव विष्णु पौडेललाई प्रचण्ड निवास खुमलटार पठाएका थिए। प्रचण्डले अब एक्लै बालुवाटार नजाने घोषणा गरिसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend