बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

अन्ततः माओवादीको अस्तित्व मेटाएर नेकपाबाट प्रचण्ड खेद्ने अभियान सुरु

अन्ततः माओवादीको अस्तित्व मेटाएर नेकपाबाट प्रचण्ड खेद्ने अभियान सुरु

  • मिडिया डबली
  • आइतवार, कार्तिक २३ २०७७

  • 25.3K
    SHARES

  • अन्ततः माओवादीको अस्तित्व मेटाएर नेकपाबाट प्रचण्ड खेद्ने अभियान सुरु

    काठमाडौं - पहिलो संविधानसभाको निर्वाचनमा झापाबाट तत्कालीन एमालेका नेता केपी ओलीलाई माओवादीले लज्जास्पद ढंगले पराजित गरेको थियो । आफू पराजित भएपछि ओली निकै तनावमा परे ।

    पहिलो संविधानसभामा माओवालीको सुविधाजनक बहुमत थियो । त्यसैले सरकार उसको एकल थियो । माओवादी पहिलो, नेपाली कांग्रेस दोस्रो र एमाले तेस्रो पार्टी बनेका थिए । त्यसैले माओवादीको नेतृत्वमा कुनै पनि हालतमा संविधान बन्न नदिने खेलमा ओली लागे ।

    उनले तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई प्रयोग गरी समय गुजारिदिन लगाए । अन्ततः माओवादी सरकारकै पालामा संविधानसभा विघटन भयो ।

    दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस नै पहिलो पार्टी बन्यो । कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले संविधान जारी गरेपछि मात्र ओली ढुक्क भएका थिए । आफूलाई पहिलो संविधानसभामा पराजित गरेको रिस ओलीलाई मरेको थिएन ।

    उनले आफू निकट नेताहरुसँग बाचा गरेका थिए, एकदिन यो देशबाट माओवादीको अस्तित्व नै समाप्त गरिदिन्छु । र, त्यो पार्टीका नेतालाई सडकमा पु¥याइदिन्छु । नभन्दै २०७४ असोजमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टीै एकता गर्ने सहमति भयो ।

    त्यसअनुसार ०७५ जेठ ३ गते दुई पार्टी एक भएर नेकपा गठन भयो । माओवादी पार्टी इतिहासमा सीमित रह्यो । नेकपा गठन भएपछि माओवादी नेताहरुलाई ओलीले आफूतिर तान्ने प्रयास गरे । त्यसमा उनले उल्लेख्य सफलता हात पारेका छन् ।

    अहिले पूर्वमाओवादीका एक दर्जन नेतालाई आफूतिर नजिक ल्याएपछि ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी छाडेर हिँड्ने वातावरण तयार गरिरहेका छन् ।

    उनले खुला रुपमा चुनौती दिन थालेका छन्, ‘सक्छौ भने पार्टी फुटाऊ, सक्दैनौं भने छाडेर जाऊ या मेरो आदेशअनुसार चल ।’ त्यसैले अब केही समयभित्र प्रचण्डले कुनै बोल्ड डिसिजन नलिए उनलाई नेकपाबाट खेद्ने अभियानले तीव्र गति लिने बताउन थालिएको छ । यसको सुरुवात आइतबार बिहानदेखि नै सुरु भइसकेको छ ।

    ओलीका विश्वासपात्र गोकुल बास्कोटाले पार्टी सचिवालय पुनर्गठन गर्न र युवा नेतालाई मौका दिएर बुढा नेतालाई खेदौं भनेर प्रस्ताव राखिसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend