काठमाडौं - सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘कार्यकारी अध्यक्ष’ त्याग गरेको विषय हल्ला मात्र भएको बताइएको छ ।
प्रचण्डका स्वकीय सचिव विष्णु सापकोटा जुगलले प्रचण्डले ‘कार्यकारी अध्यक्ष पद त्याग’ गरेको हल्ला मात्र भएको बताएका हुन् ।
शनिबार अपराह्न केही मिडियामा प्रचण्डले कार्यकारी अध्यक्ष त्याग गरेको समाचार आएको थियो । जसले नेकपामा एक किसिमको तरंग सिर्जना गरेपछि स्वकीय सचिव सापकोटाले यो हल्ला मात्र भएको बताएका हुन् ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीसहित बसेको नेकपा सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी लिखित रूपमै दिएको थियो । तर, अहिले प्रचण्डलाई पार्टीको बैठकसमेत बोलाउने अधिकार उनलाई छैन ।
ओलीले यदि प्रचण्डले सचिवालय बैठक बोलाए त्यही दिन पार्टी विभाजन हुने चेतावनी दिएपछि प्रचण्ड असन्तुष्ट बनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।