काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्चिरहेको बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपक्षका नेताहरुबीच पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलले विवाद समाधानका लागि खुला छलफल आवश्यक रहेको भन्दै पार्टी बैठक बोलउनुपर्ने निश्कर्ष निकालेको छ ।
अध्यक्ष प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलागयतका नेता उपस्थित रहेको छलफलले शनिबार ओलीलाई भेट्न बालुवाटारमा जाने र पार्टी बैठक बोलाउन आह्वान गर्ने निर्णय गरेको छ ।
बिहीबार अध्यक्ष केपी शर्माओली र प्रचण्डबीच बालुवाटारमा कुराकानी सहमति भन्दा झ खटपट भएको समाचारहरु बाहिर आएका छन् । पार्टीभित्रको विवाद चर्किँदै जाँदा ओलीले बैठक नै नबोलाउने अडान लिँदै आएको नेताहरुको भनाइ छ ।
यसबीच अब, भोली बालुवाटारमा प्रचण्डपक्षका नेताहरु जाँदा ओलीलाई बैठकको विषयमा के निर्णय गर्ने भन्ने तनाब हुने देखिएको छ । प्रचण्डपक्षले पार्टीभित्रको विवाद समाधानको लागि ओलीलाई टक्कर दिँदै आज धुम्बराहीमा बैठक बसेका थिए भने भोलि बालुवटार जाने निर्णय गरेका हो ।
धुम्बराहीमा भएको आजको अनौपचारीक बैठकमा ओलीसहित महासचिव विष्णु पौडेल, सदस्य रामबहादुर थापा र ईश्वर पोख्रेल भने बैठकमा उपस्थित भएनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।