बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

ओलीको भयंकर चाल, कुरै नउठेका बेला किन भने राजीनामा दिन्न ?

ओलीको भयंकर चाल, कुरै नउठेका बेला किन भने राजीनामा दिन्न ?

  • मिडिया डबली
  • बुधवार, कार्तिक १९ २०७७

  • 4.2K
    SHARES

  • ओलीको भयंकर चाल,  कुरै नउठेका बेला किन भने राजीनामा दिन्न ?

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफु राजीनामा नदिने ठोकुवा गरेका छन् । उनले आफुले राजीनामा दिए देश बर्बाद हुने भन्दै राजीनामा नदिने बताएका हुन् । 

    पार्टीका नेता र कार्यकर्ता होइन, डाक्टर, नर्स र सरकारी कर्मचारी सहभागी एक कार्यक्रममा प्रधानमन्त्रीले प्रश्न गरे, ‘तपाईंहरू नै भन्नुस्, के मैले अहिले राजीनामा दिन मिल्छ ?’ ‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन’ प्रश्नको जवाफ आफैं दिए ।

    तर, यतिबेला नेकपाभित्र उग्र विवाद भइरहे पनि कुनै पक्षबाट ओलीको राजीनामा माग भएको छैन् । यति मात्रै हैन्, यसअघि ओलीको राजीनामाको कुरा उठेको भएपनि त्यो सबै प्रचण्डसँगको सहमतिमा समाधान भइसकेको थियो । 

    तर, ओलीले आज यसरी अचनाक कसैले राजीनामाको माग नै नगरेका बेला म राजीनामा दिँदै दिन्न भन्ने सार्वजनिक अभिव्यक्ती दिनुले वर्तमान नेकपाभित्रको विवाद आर्थत फुटको कुरालाई अन्तै मोड्न खाजेको अनुमान गरिएको छ ।

    ओलीले बेला न कुबेला आफु राजीनामा नदिने भन्दै कसैले राजीनामा माग नगरेका बेला जनता सामु यस्तो अभिव्यक्ति दिनुले अहिले चौतर्फी रुपमा तरंग मच्चाएको छ । पार्टीका अरु विषय ओझेलमा पार्न राजीनामाको विषय ल्याएको हुनसक्ने अनुमान गरिएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend