आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १८ २०७७

  • 5.2K
    SHARES

  • भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

     काठमाडौं - गायक भिटेन (समिर घिसिङ) लाई पक्राउ नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ। अश्लील शब्द प्रयोग गरेर र्‍याप गाउने भिटेनलाई प्रहरीले पक्राउ गर्नुपर्ने कुनै कारण नदेखिएको भन्दै उच्च अदालतले यस्तो आदेश जारी गरेको हो।

    उच्च अदालतका मुख्य न्यायधीश नहकुल सुबेदीको इजलासले भिटेनमाथी कुनै खालको धरपकड नगर्न र पक्राउ गर्नुपर्ने कारण नरहेको भन्दै प्रहरी प्रधान कार्यालय तथा केन्द्रीय साइबर ब्यूरोको नाममा कारण देखाउ आदेश जारी गरेको हो।

    अश्लील, महिलालाई होच्याइएका, अपमानजनक शब्द प्रयोग गरेको पछिल्लो म्यूजिक भिडियोलाई लिएर प्रहरीले भिटेनलाई खोजी तिव्र बनाएको थियो। विवादमा मुछिएपछि भिटेले आफ्नो गीत भने यूट्युबाट हटाइसकेका छन्। घिसिङले प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाउँदै कात्तिक १६ मा उच्च अदालत निषेधाज्ञा सम्बन्धी रिट निवेदन दिएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, कार्तिक १८ २०७७०४:५४:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend